गाेरखा- एम्बुलेन्स खरिदका लागि अजिरकाेट गाउँपालिका-२, खरिबाेटमा मंसिर ११ देखि १८ गतेसम्म श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएकाे छ ।
खरिबाेट, हंसपुर, सिम्जुङ, घ्याच्चाेक र लम्जुङ जिल्लाकाे दुधपाेखरी गाउँलाई लक्षित गरेर एम्बुलेन्स खरिद सहयोगार्थ पुराणको आयोजना गरेको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवराज धितालले बताए । राधाकृष्ण मन्दिर निर्माणका लागि अजिरकाेट गाउँपालिकाले ८ लाखमा बजेट विनियाेजित गरेकाे थियाे ।
पुराणमा आरती, सङ्गीतमय कथा प्रवचन, भजनकीर्तनसहित दिव्य झाँकी दर्शनलगायत कार्यक्रम हुने बताइएको छ । मंसिर ११-१८ गतेसम्म सञ्चालन हुने महायज्ञमा शिराेमणी पं. दिपक प्रसाद पाैडेलले कथावाचन गर्नेछन् । महायज्ञबाट करिब ५० लाख संकलन हुने लक्ष्य राखिएकाे छ ।
अजिरकाेटका विभिन्न ठाँउमा यस्ता मन्दिर छन् । खरिबाेटमा शिवमन्दिर, वडा न ३- हंसपुरमा शिवलाय मन्दिर, काफलडाँडा, मुच्चाेक, लम्जुङकाे दुधपाेखरी गाउँपालिकामा समेत यस्ता खालका मन्दिर छन् । महायज्ञकाे गाउँपालिका अध्यक्ष फणिन्द्र धितालले उद्घाटन गर्नेछ ।
महायज्ञबाट संकलन भएकाे रकमले एम्बुलेन्स सञ्चालन गर्ने मुख्य लक्ष्य रहेकाे धिताल बताउँछन् । उनका अनुसार भाैगाेलिक रूपमा विकटमा रहेकाे अजिरकाेट र लम्जुङकाे दुधपाेखरी गाउँपालिकाका स्थानीयलाई सहज सुविधा दिन महायज्ञ गर्न लागिएकाे उनले बताए ।