जनकपुरधाम- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एकीकृत समाजवादी पार्टी एमालेभन्दा शक्तिशाली बनिसकेको दाबी गरेका छन् ।
बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सात प्रदेशमध्ये २ वटा प्रदेशमा आफ्नो पार्टीको सरकार रहेको बताए । प्रदेश २ मा पनि एमाले भन्दा आफ्नो पार्टी ठूलो रहेको उनले बताए ।
अध्यक्ष नेपालले सूर्यमा ग्रहण लागिसकेको भन्दै अब धाक नदेखाउन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनि दिएका छन् । ‘एमाले अध्यक्ष ओलीका कारण सूर्यमा ग्रहण लागेको हो’ उनले भने । साथै, उनले अहिलेको अवस्थामा एकिकृत समाजवादी पार्टीको चुनाव चिह्न ‘कलम’ चम्किरहेको उनको दाबि थियो ।
यस्तै अध्यक्ष नेपालले ओलीलाई छटपटाहट भइरहेको भन्दै आगामी निर्वाचनमा उनको हालत विचराजस्तो हुने टिप्पणी गरेका थिए । साथै, उनले ओली दक्षिणको इसारामा चलिरहेको आरोप समेत लगाएका थिए
‘एकीकृत समाजवादीमा जनताको आकर्षण देखेर ओली आत्तिएका छन्, उनले भने ‘हाम्रो पार्टीमा किसान, मजदुर, युवाको आकर्षण देखेर ओली आत्तिएका छन्।’