काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरुको परिणाम आउने क्रम जारी छ । हालसम्म ३५ जिल्लाका सभापतिहरुको नतिजा आएको छ । जसमध्ये संस्थापन अर्थात् सभापति शेरबहादुर देउवानिकट १६ जना सभापतिहरु निर्वाचित भएका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको संस्थापनइतर समूहले १९ जिल्ला सभापति जितेको छ । पौडेल पक्षले दाबी गरेकामध्ये जाजरकोटका वेदराज सिंह र रुकुम पश्चिमका प्रेमप्रकाश वलीलाई संस्थापन पक्षले पनि आफूनिकट दावी गरेको छ । अधिवेशनको दौरान पौडेल पक्षबाट उम्मेदवारी दिने तयारी गरेका सिंह र वलीले सर्वसम्मत सभापति बनेपछि गुटका आधारमा खुल्न नचाहेको बताइन्छ ।
देउवा पक्षका जिल्ला सभापतिहरु
शंकर गुरुङ – मनाङ
खड्क बोहरा – बझाङ
गजेन्द्र तुम्याहाङ – ताप्लेजुङ
मोहनविक्रम सिंह – हुम्ला
कान्छाराम तामाङ – रामेछाप
ऐनबहादुर शाही – मुगु
खमवी गर्बुजा – म्याग्दी
केशबहादुर विष्ट – सल्यान
रुपनारायण जबेगु – पाँचथर
नरेन्द्रबहादुर सिंह – डोटी
दीपेन्द्रबहादुर शाही – डोल्पा
कर्णबहादुर शाही – जुम्ला
तेजेन्द्र खनाल– ओखलढुंगा
डा. टकराज गुरुङ – लमजुङ
भीमबहादुर साउद – डडेल्धुरा
रामकृष्ण खाँण – रुपन्देही
पौडेल पक्षका जिल्ला सभापतिहरु
रोमी गौचन थकाली – मुस्ताङ
केशरमान रोका – रुकुम पूर्व
दीपक खड्का– संखुवासभा
नन्दप्रसाद न्यौपाने – गोरखा
विष्णु राई – खोटाङ
हिमालदत्त श्रेष्ठ –पाल्पा
राजु थापा – स्याङ्जा
किशोर आचार्य – रोल्पा
विष्णुकुमार गिरी – प्यूठान
अर्जुनबहादुर तुम्बाहाम्फे – तेह्रथुम
विनोद बान्तवा – भोजपुर
केशव श्रेष्ठ – अर्घाखाँची
चतुरबहादुर चन्द – बैतडी
बर्मा लामा – दोलखा
अम्मबहादुर शाही – कालीकोट
रामसिंह रावल – बाजुरा
प्रेमप्रकाश ओली – रुकुम पश्चिम
वेदराज सिंह – जाजरकोट
अर्जुनकुमार पोखरेल – नवलपरासी पश्चिम