गाेरखा- नेपाली काँग्रेस गण्डकी प्रदेशकाे १४औं अधिवेशनमा गाेरखाका इं दीपकबाबु कँडेलले महामन्त्रीमा उम्मेदवारी दिने भएका छन् । गाेरखा क्षेत्र न २ का महाधिशेन प्रतिनिधि रहेका कडेल पालुङटार नगरपालिकाका नगर प्रमुख हुन् । उनी प्रदेशकाे नगरपालिका संघका अध्यक्षसमेत हुन् ।
कांग्रेस गण्डकीकाे मंसिर १८-१९ मा पहिलाेचाेटी महाधिबेशन हुदै छ । केन्द्रिय राजनीति गर्ने याेजना तत्काल नभएकाे भन्दै उनले प्रदेशलाई सबल बनाउन उम्मेदवारी दिएकाे तर्क गर्छन् । ‘अहिले नै केन्द्र तिर छिरी हाल्ने मेरो योजना छैन । यसपटकको महाधिवेशनमा प्रदेश महामन्त्रीमा उम्मेदवारी दिने सोच बनाएको छु’, उनले भने ‘प्रदेश अधिवेशनले पार्टीको सङ्गठन बलियो बनाउन र सबै कार्यकर्ता तथा समर्थकको मनोबल उच्च बनाउन मद्दत गर्ने विश्वासमा साथ प्रदेशकाे महामन्त्रीमा उम्मेदवारी बन्न लागेकाे हाे ।’
तीन दशक लामो राजनीतिक यात्रा र सोहिक्रममा भोग्नुपरेको संघर्ष, आन्दोलनको अनुभवलाई समेटेर आफूलाई प्रदेश महामन्त्रीमा प्रस्तुत गरेको उनले बताए । ‘परिवर्तित राजनीतिक प्रणालीको व्यवहारिक पक्षहरूलाई सार्थक गर्नुपर्ने विवेक र तर्कको आधारमा मेरो यो उम्मेदवारी रहनेछ’, उनले भने ‘मैले उम्मेदवारी प्रस्तुत गर्दै गर्दा चूस्त उद्यमशील कांग्रेसको परिकल्पनासहित उर्जाशील कांग्रेसकाे कार्ययोजनासमेतलाई केन्द्रविन्दुमा राखेको छु ।’
लामो समय देखी इन्जिनियर पेशामा रहेका उनी बिगत ३२ वर्षदेखि राजनीतिमा सक्रिय छन् । इन्जिनियरिङ एसोसिएसनको सदस्य हुँदै प्रजातान्त्रिक इन्जिनियरहरुको स्थापक सदस्य, नेबिसंघ गाेरखा जिल्ला कार्यसमिति सदस्य, र २० वर्ष इन्जिनियरिङ एसोसिएसनमा राजनीतिक जीवन बिताएका उनले आन्तरिक द्वन्द्वका कारण इन्जिनियरिङ एसोसिएसनको उप-महासचिवमा भने पराजित भएका थिए ।
१४-१५ वर्षको किशोर अवस्था देखि नै नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रियतापूर्वक लोकतन्त्रको पक्षमा रहेका उनीसंग विगतका संघर्षपूर्ण कठिन दिनमा लामो शृंखला अनुभवहरु छन् । निष्ठा, इमानदारीता र बिचारको राजनीतिमा अढिक उनको विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवलाई उच्च मुल्यांकन गर्दै प्रदेश महामन्त्रीमा उम्मेदवार बन्न लागेकाे उनले बताए ।