काठमाडौं- सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा सत्ता गठबन्धनको उच्चस्तरीय संयन्त्रका सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानन्यायाधीश हटाउने बारेमा गठबन्धनमा छलफल हुने बताएका छन् ।
प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन दबाब दिँदै आफूलाई भेट्न आएका नेपाल बार एशोसियसनका पदाधिकारी तथा वरिष्ठ अधिवक्ताहरूसँग कुरा गर्दै प्रचण्डले गठबन्धनको तर्फबाट यथाशीघ्र अदालतको समस्या समाधानको पहल गरिने बताएका हुन् ।
भेटमा प्रचण्डले सत्ता गठबन्धन अदालतको निष्पक्षता र स्वतन्त्रताबारे सधैँ सजग रहेको र समस्या समाधानका लागि सम्बन्धित पक्षलाई अपिल पनि गरेको स्मरण गराएको प्रचण्डका स्वकीय सचिव रमेश मल्ले बताए ।
अध्यक्ष प्रचण्डले अझै पनि न्यायपालिकामा देखिएको समस्या समाधान नभएकोमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले अब के गर्ने भन्नेबारे गठबन्धन र दलहरूबीच छलफल हुने बताएका छन् ।