काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेले चितवनमा गरेको महाधिवेशनलाई आफूले सकारात्मक रुपमा लिएको बताएका छन्।
शनिबार चितवनमा नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माण शिलान्यास समारोह अध्यक्ष प्रचण्डले एमाले सभामा सहभागी भएकाहरुले चितवन र भरतपुरको विकास हेरेर गएको बताए।
पछिल्लो समय चितवन राजनीतिको पनि केन्द्र भएको भन्दै प्रचण्डले एमाले महाधिवेशनलाई आफूलाई सकारात्मक रुपमा लिएको बताए।
‘देशको राजनीतिको केन्द्र पनि चितवन भएको छ। केही दिन अघि निकै ठूलो मेला जसरी मानिसहरु जम्मा भए। नारायणी के हो? चितवन के हो? यहाँको भौतिक पूर्वाधार केहो? भन्ने देखेर गए,’ उनले भने, ‘चितवनको राजनीतिक महत्व केहो भन्ने स्थापित गराएर गएको लाग्छ। त्यसअर्थ नेगेटिभली लिएको छैन। चितवनमा हुने कुरालाई पोजेटिभली लिएको छु।’
उनले चितवनमा र भरतपुरमा विकासका धेरै काम भएको बताए।