काठमाडौं- नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत सभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी छ। नेपाल लाइभलाई प्राप्त पछिल्लो अपडेट अनुसार ४२७६ मत गणना भइसकेको छ।
निर्वाचनमा ४६७९ मत खसेको थियो। त्यसैले अब ४०३ मत मात्रै गन्न बाँकी छ। यही मतभित्रबाट उम्मेदवारहरुले जितका लागि आवश्यक पचास प्रतिशत मत कटाउनुपर्ने छ।
उम्मेदवारमध्ये शेरबहादुर देउवाले सर्वाधिक २०४६ मत पाएका छन्। उनका लागि अब २९४ मत आवश्यक छ। त्यस्तै, शेखर कोइरालाले १६१५ मत पाएका छन्। उनले जितका लागि ७२५ मत पाउनुपर्ने छ। पहिलो चरणमै उनको जित अब असम्भव छ।
त्यस्तै, १९ मत ल्याएका कल्याण गुरुङ, २३८ मत ल्याएका विमलेन्द्र निधि र ३३५ मत ल्याएका प्रकाशमान सिंहले भने दोस्रो चरणको मतदान भएमा प्रतिस्पर्धी बन्न पाउने छैनन्।