काठमाडौं- नेपाली कांग्रेसको सभापति पदको निर्वाचनमा कसैले पनि ५१ प्रतिशत मत पुर्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा पुगेको छ ।
पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा शेरबहादुर देउवा र डा शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ ।
अब गन्न ११६ मत मात्रै बाँकी छ तर देउवालाई बहुमतका लागि ११८ मत आवश्यक पर्ने भएपछि सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुने निश्चित भएको हो ।
पछिल्लो परिणाम अनुसार ४५६३ मतगणना भएकामा देउवाले २१४२, कोइरालाले १७०८, सिंहले ३५५, निधिले २४५ र गुरुङले २० मत प्राप्त गरेका छन् ।
कांग्रेसको विधानअनुसार अब दोस्रो चरणमा बढी मत प्राप्त गर्ने देउवा र कोइरालाबीचमात्र प्रतिस्पर्धा हुनेछ । बाँकी उम्मेदवारले कसलाई समर्थन गर्छन्, त्यसले सभापतिमा जितको आधार तय गर्नेछ ।