काठमाडाैं- नेपाली कांग्रेसको सभापति पदका लागि भएको पहिलो चरणको चुनावबाट कसैले बहुमत ल्याउन नसक्ने लगभग निश्चित भएपछि गृहमन्त्री बालकृष्ण खाँण प्रकाशमान सिंहको घर चाक्सीबारी पुगेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले सबैभन्दा बढी मत ल्याए पनि ५१ प्रतिशत ल्याउन सकेनन्। यसैले यसपछि बढी मत ल्याएका शेखर कोइराला र देउवाबीच दोस्रो चरणको चुनाव हुने देखिएको छ।
यही दोस्रो चरणको चुनावमा देउवालाई जिताउने तारतम्य मिलाउन गृहम्रन्त्री खाँण प्रकाशमान सिंहको घरमा पुगेका हुन्। स्राेतका अनुसार देउवाले उनलाई दाेस्राे चरणकाे मतदानमा सहयाेग माग्न प्रकाशमानकाे घर पठाएका हुन्। अहिले छलफल जारी छ।
याे पनि,
४५६३ मत गणना : पहिलो चरणमै जित निकाल्न देउवा बाहेक सबैको सम्भावना सकियो
सकिनै लाग्यो गणना: गन्न बाँकी चार सय, देउवा र कोइरालाको मतान्तर ४३३
अब ९०० मत गन्न बाँकी, जितका लागि देउवालाई ५४२ मत आवश्यक
शेरबहादुर देउवाले भने- म हारेँ भने प्रधानमन्त्रीबाट हटाउँछन्, केपी ओली सत्तामा फर्किने खतरा छ
देउवाले सकेनन् बहुमत पुर्याउन, दोस्रो चरणमा देउवा र कोइराला भिड्ने निश्चित