काठमाडाैं- नेपाली कांग्रेसको सभापति चुन्न दोस्रो चरणको चुनाव आजै (मंगलबार) हुने भएको छ। त्यसका लागि अहिले कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठक जारी छ। राष्ट्रिय सभागृहमा जारी बैठकले चुनावको समय तय गर्ने निर्वाचन समितका सचिव जगनाथ श्रेष्ठले जानकारी दिए।
सोमबार अबेर राति सम्पन्न निर्वाचनमा सभापतिका पाँच उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुनः मतदान गर्नुपर्ने भएको हो। सोमबार भएको मतदानमा सभापतिका पाँचै जना उम्मेदवारले खसेको मतको पचास प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि पुनः निर्वाचन हुने भएको हो।
महाधिवेशनमा शेरबहादुर देउवा पक्ष र कृष्णप्रसाद सिटौला पक्षबीच गठबन्धन भएको थियो। तर देउवाले जितका लागि आवश्यक पाउन सकेनन्। कुल खसेको ४६८१ मत मध्ये देउवाला जितका लागि ८३ मत कम भएको हो। सभापतिमा जितका लागि २३४१ मत आवश्यक पर्थ्यो।
दोस्रो चरणको निर्वाचनमा देउवालाई कठिन हुनसक्ने देखिन्छ। किनकि, उनले थप कुनै पक्षसँग गठबन्धन गर्न सक्ने सम्भावना कम छ। पहिलो चरणको मतपरिणाम हेर्दा प्रकाशमान सिंह र विमलेन्द्र निधि निर्णायक देखिन्छन्। उनीहरुले क्रमशः ३७१ र २४९ मत पाएका छन्।
सिंह र निधि कुनै बेला देउवा निकट नेताहरु हुन्। तर यतिबेला दुवै देउवासँग टाढिएका छन्। उनीहरु दुवैले देउवालाई नेतृत्वबाट विस्थापन गर्नको लागि आफैंले सभापतिका लागि उम्मेदवारी दिएका थिए। दोस्रो चरणमा उनीहरु दुवैले शेखर कोइरालालाई सघाउने देखिन्छ।
महाधिवेशन सुरु भएसँगै सार्वजनिक भएका अभिव्यक्तिलाई केलाउँदा दोस्रो चरणको निर्वाचनमा देउवा विरुद्ध सभापतिका अन्य सबै प्रतिस्पर्धी उभिने देखिन्छ। त्यसो भएमा देउवा विरुद्ध माहोल बन्न सक्छ। त्यसको फाइदा कोइरालाले पाउन सक्छन्।
याे पनि,
४५६३ मत गणना : पहिलो चरणमै जित निकाल्न देउवा बाहेक सबैको सम्भावना सकियो
सकिनै लाग्यो गणना: गन्न बाँकी चार सय, देउवा र कोइरालाको मतान्तर ४३३
अब ९०० मत गन्न बाँकी, जितका लागि देउवालाई ५४२ मत आवश्यक
शेरबहादुर देउवाले भने- म हारेँ भने प्रधानमन्त्रीबाट हटाउँछन्, केपी ओली सत्तामा फर्किने खतरा छ
देउवाले सकेनन् बहुमत पुर्याउन, दोस्रो चरणमा देउवा र कोइराला भिड्ने निश्चित
पहिलो चरणमा देउवाले जित्ने नदेखेपछि गृहमन्त्री खाँण पुगे प्रकाशमानको घर चाक्सीबारीमा !