काठमाडौं- नेपाली कांग्रेसका सभापति उम्मेदवार डा.शेखर कोइरालाले दोस्रो चरणको निर्वाचनमा आफू निर्वाचित हुने बताएका छन् ।
पहिलो चरणको चुनावी परिणामपछि नागरपोखरीस्थित अरणय होटलमा पत्रकार सम्मेलनमा उनले आफू निर्वाचित हुने विश्वास व्यक्त गरे ।
परिणाम जे आएपनि आफूले चुनावी नतिजा स्वीकार गर्ने कोइरालाले बताए । १४ औं महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनमा कोइराला, शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रत्यासी थिए । पहिलो चरणमा देउवाले २२५८ मत पाएका छन् । त्यस्तै, कोइरालाले १७०२, निधिले २४९, सिंहले ३७१ र गुरुङले २२ मत पाएका छन् ।
एक मतले कांग्रेसको मात्रै नभएर नेपालको भविष्य परिवर्तन गर्ने बताउँदै उनले भोट हाल्दा अन्तरमनको आवाज सुन्न कार्यकर्तासँग आग्रह गरेका छन्। उनले भने , ‘ मैले आजसम्म कांग्रेसको रुपान्तरण र पुनर्जागरणका कुरा गर्दै आइरहेको छु। तार्किक निष्कर्षमा पुर्याउनु छ, सबै मिलेर काम गर्छौं।’
कांग्रेस जीवनको समग्र सुधार गर्न खोजिरहेका कारण त्यसका पक्षधरले आफूलाई जिताउने उनको विश्वास रहेको छ। उनले लोकतन्त्रको भविष्य सुनिश्चित गर्नुका साथै आउने पुस्ताका लागि आफूले काम गर्ने बताए। पहिलो चरणमा मतदान गर्ने महाधिवेशन प्रतिनिधिप्रति उनले कृतज्ञतासमेत प्रकट गरेका छन्।
याे पनि,
४५६३ मत गणना : पहिलो चरणमै जित निकाल्न देउवा बाहेक सबैको सम्भावना सकियो
सकिनै लाग्यो गणना: गन्न बाँकी चार सय, देउवा र कोइरालाको मतान्तर ४३३
अब ९०० मत गन्न बाँकी, जितका लागि देउवालाई ५४२ मत आवश्यक
शेरबहादुर देउवाले भने- म हारेँ भने प्रधानमन्त्रीबाट हटाउँछन्, केपी ओली सत्तामा फर्किने खतरा छ
देउवाले सकेनन् बहुमत पुर्याउन, दोस्रो चरणमा देउवा र कोइराला भिड्ने निश्चित
पहिलो चरणमा देउवाले जित्ने नदेखेपछि गृहमन्त्री खाँण पुगे प्रकाशमानको घर चाक्सीबारीमा !
कांग्रेस सभापतिमा आजै दोस्रो चुनाव, यस्तो हुन सक्छ हारजितको अंकगणित