काठमाडौं- नेपाली कांग्रेसको सभापतिमा दोस्रोपटक निर्वाचित शेरबहादुर देउवालाई बधाई दिँदै जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अग्रगमनकारी शक्तिबीच एकताको कामना गरेका छन् ।
समाजिक सञ्जालमार्फत भट्टराईले देउवाको नेतृत्वमा लोकतान्त्रिक गणतन्त्र थप बलियो भएर प्रतिगमनकारी शक्तिले टाउको उठाउन नपाउने शुभेच्छा पनि व्यक्त गरेका छन् ।
कांग्रेसको १४औँ महाधिवेशनबाट देउवा दोस्रोपटक सभापतिमा निर्वाचित भएका हुन् । उनी कोइराला परिवारभन्दा बाहिरबाट कांग्रेस सभापतिमा दोस्रोपटक निर्वाचित हुने पहिलो नेता बनेका छन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेसनबाट पार्टी सभापतिमा पुन: निर्वाचित हुनुभएकोमा प्रम @SherBDeubaलाई हार्दिक वधाइ तथा सफल कार्यकालको शुभकामना! वहाॅको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र मजबुत होस्; प्रतिगमनकारी शक्तिले टाउको उठाउन नपाउन्;अग्रगमनकारी शक्तिबीच एकता होस्;थप शुभेच्छा!
— Baburam Bhattarai (@brb1954) December 15, 2021