काठमाडौं– भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसँगको सम्बन्ध टुट्न नदिने बताएका छन्। शीर झुकाउनु परेपनि आफूहरु तयार भएको, तर नेपालसँगको सम्बन्ध टुट्न नदिने उनकाे दावी रहेकाे हाे ।
बुधबार भारतीय राज्य उत्तराखण्डको राजधानी देहरादूनमा आयोजित कार्यक्रममा रक्षामन्त्री सिंहले केही शक्तिहरु नेपालसँग भारतको बिगार्न लागिपरेको पनि बताए।
भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानहरुले तुइन चुँडाल्दा नेपाली नागरिक महाकालीमा बगेको घटनाले नेपाल–भारत सम्बन्ध चिसिएका बेला सिंहले नेपालसँग सीमा जोडिएको राज्यमा आएर नेपालसँगको सम्बन्धबारे बोलेका हुन्।
‘नेपालसँगको भारतको सम्बन्ध बिगार्न चाहने शक्ति छन्। सरकारको प्रतिनिधिको हैसियतमा तपाईंहरुलाई भन्न चाहन्छु कि यदि हामीले हाम्री शीर झुकाउनु पर्यो भने झुकाउँछौं। तर हामी हाम्रो छिमेकी नेपालसँगको सम्बन्ध टुट्न दिँदैनौं,’ सिंहले भने।
There are powers that want to spoil India's relation with Nepal. As a govt representative, I want to tell you that if we need to bow our head, we will do it but we won't let our relations break with our neighbour Nepal: Defence Minister Rajnath Singh at a gathering in Dehradun pic.twitter.com/buTOv0xSLu
— ANI (@ANI) December 15, 2021