गाेरखा- नेपाली काग्रेसको १४ औ महाधिबेशन अन्तर्गत भएको केन्द्रीय सदस्य (खुल्ला ३५) का लागि निर्वाचनमा गोरखाबाट तिनजना उम्मेदवार बनेका थिए । ३५ जनाका लागि कुल ९९ जना प्रतिस्पर्धामा रहेकामा सुरेन्द्रराज पाण्डे बाहेक अन्य दुई ३५ भित्र पर्न सकेका छैन ।
कुल ३ हजार ५ सय ९५ मतगणना हुदा सम्ममा पाण्डेले १६ सय ८२ मत ल्याएका छन् । मतगणनाको अन्तिम समयसम्म यो स्थान कायम गर्न सके पाण्डे केन्द्रीय सदस्य बन्ने निश्चित हुनेछ । त्यस बाहेक गोरखाबाट नै केन्द्रीय सदस्यको उम्मेदवार बनेका राजेन्द्र बजगाई १ हजार २५ मत ल्याएका छन् ।
त्यस्तै खुल्ला तर्फ केन्द्रीय सदस्यको उम्मेदवार बनेका पालुङटार नगरपालिकाका मेयर दीपक बाबु कंडेलले हजार मत कटाउन सकेका छैनन् । उनले ८९८ मत प्राप्त गरेका छन् । पाण्डे पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन् भने बजगाई र कडेल काेइराला पक्षका हुन् ।
खुल्ला तर्फको ३५ का लागि भएको निर्वाचनमा अहिलेसम्म सवैभन्दा बढी डा.शशांक कोइरालाले २ हजार ९४० मत प्राप्त गरेका छन् । ३५ जनामा सबैभन्दा अग्रस्थानमा शशांक छन् भने ३५औं नम्बरमा मोहन आचार्य छन्।
एनपी साउदले २२६१, बालकृष्ण खाणले २२०७, उदय शमशेर राणाले २१६७, रामहरि खतिवडाले २१४७, रमेश लेखकले २१३०, ज्ञानेन्द्रबहादुर कार्कीले २१२७, शंकर भण्डारी २११२, जीपछिरिङ लामा २०३५, अर्जुननरसिंह केसीले २०३० मत पाएका छन्।
यसैगरी, दिलेन्द्रप्रसाद बडुले ३८४९, दीपक गिरी १७२६, जितजंग बस्नेत १९३९, गोविन्द भट्टराई १८२०, बलहादुर केसीले १८२१, गोपालमान श्रेष्ठ १९५२, गुरु बराल १४४७, डा. गोविन्दराज पोखरेल १४२७, कुन्दनराज काफ्ले १७२८ मत प्राप्त गरेका छन्।