गाेरखा- निर्माण ब्यवसायी संघ, गोरखाको अध्यक्षमा सुर्य भण्डारी निर्वाचित भएका छन् । संघकाे १० औं अधिबेसन अन्तरगत बुधबार बेलुकी मतदान पश्चात गरिएको मतगणनामा १ सय ३८ मतका साथ भण्डारी निर्वाचित भएका हुन् । उनी माअेवादी केन्द्र निकटका हुन् ।
भण्डारीसँगै प्रतिस्पर्धामा भएका होमबहादुर बानियाँ ९८ मतका साथ पराजित भए । अध्यक्षका अर्का प्रत्यासी होमबहादुर बानियाँलाई फराकिलो मतान्तरले पराजित गर्दै भण्डारी बिजयी भएका हुन् । भण्डारी र बानियाँ प्यानल नै बनाएर प्रतिप्रर्धामा थिए । श्री दिप निर्माण सेवाका सन्चालक समेत रहेका भण्डारी माओवादी केन्द्र निकट ब्यवशायी हुन् । उनलाई एमाले र जसपा निकट व्यवसायीको साथ रहेको थियो भने बानियाँ कांग्रेस निकट हुन् ।
यी दुबैले बनाएको प्यानल अनुसार सदस्यमा भने सबै बिजयी भएका छैनन् । बानियाँको प्यानलबाट पनि केही सदस्यमा चयन भएका छन् । काग्रेस निकट ब्याबसायिको राम्रै सम्भावना हुदा हुदै पनि अन्तिम मा गएर पराजय ब्यहोर्नु परेको छ ।
अध्यक्षमा भण्डारी विजयी भएपनि ११ सदस्य पदमध्ये ६ जनामात्रै उनको प्यानलका बिजयी भएका छन् । भोला प्रसाद मरहट्टा १३७, किरणबाबु श्रेष्ठ १२६, देबराज गुरुङ्ग ११६, दिनेश तमु १०६, बिनोद खनाल १०१, सबिन बस्नेत १२१ मतका साथ विजयी भएका हुन् ।
बानियाँ प्यानलबाट ५ सदस्य निर्वाचित भएका छन् । राजुबाबु लामिछाने १३१, सुरेन्द्र बस्नेत १११, दलमान गुरुङ्ग १००, तारा बहादुर खडका ९८ र दिपक थापा ९५ मतका साथ विजयी भएका हुन् । संघको पहिलो बैठकले बिजयी यी सदस्यहरुबाट पदाधिकारी चयन गर्नेछ ।