गोरखा- गाेरखाबाट नेकपा (माओवादी केन्द्र) काे राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको नाम टुंगो लगाएको छ । ११ पुसबाट काठमाण्डौंमा हुने सम्मेलनमा सहभागि हुन गोरखाबाट १८ जना प्रतिनिधि सहभागी नाम छनौट भएको हो ।
माओवादीको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म प्रज्ञा भवन कमलादीमा हुँदैछ । गोरखाबाट केन्द्रिय प्रतिनिधिको रुपमा खोपबहादुर कडेल, कमला नहर्की, लेखबहादुर थापा, जगन्नाथ खनाल, लोकप्रसाद बञ्जरा, बिष्णुप्रसाद भट्ट, दिपक देवकोटा, भगवती तिवारी, दिपक तिमल्सिना, छमबहादुर गुरुङ, धना गुरुङ, निमा लामा, दिलबहादुर सेन्चुरी, अकुर तिमल्सिना, भुवन सुनार, पूर्णकुमारी कडेल, पम्फा बसेल र कञ्चन कुमाल छनौट भएका हुन् ।
यीबाहेक केन्द्रीय सदस्यहरु स्वतः सम्मेलन आयोजक समितिमा रहनेछन् । माओवादीको जेष्ठ कम्यूनिष्ट मञ्चमा रहेका भुवनप्रसाद श्रेष्ठ, चुणामणि शर्मा कट्टेल, केन्द्रीय सल्हाकार वसन्त बराकोटी, रामबहादुर ढकाल पनि प्रतिनिधि हुनेछन् ।
माओवादी केन्द्रले बुधवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाडामा आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय सम्मेलनमा १ हजार ५३३ जना प्रतिनिधि सहभागी हुने जानकारी दिएको छ । पार्टी प्रबक्ता कृष्ण बहादुर महाराका अनुसार सम्मेलनमा जम्मा १ हजार ५३३ जना प्रतिनिधी सहभागी हुनेछन् ।
सम्मेलनमा वैचारिक राजनीतिक बहस हुनुका साथै अध्यक्ष प्रचण्डले प्रस्तुत गर्ने राजनीतिक डकुमेन्टमाथि ब्यापक छलफल हुने जनाएको छ । माओवादी केन्द्रले १ हजार ५०० सदस्य बराबर १ जना सम्मेलन प्रतिनिधि चयनको व्यवस्था गरेको छ ।