काठमाडौं- नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले अहिलेका अर्थमन्त्री जनार्दन शर्मालाई जोड घटाउन पनि नआउने बताएका छन् । एक कार्यक्रममा उनले शर्मामा अर्थतन्त्रको राम्रो ज्ञान नरहेको बताएका हुन् ।
अहिलेको ४२ खर्ब रुपियाँ जीडीपी (कुल ग्रार्हस्थ उत्पादन) रहेको अर्थतन्त्र दुई सय गुणा वृद्धि गर्छु भन्ने अर्थमन्त्री शर्माको दावी हास्यास्पद र असंभव हो भन्दै पाण्डेले भने, ‘उहाँले हाम्रो अर्थतन्त्रलाई दुई सय गुणा बढाउने कुरा गर्नुभएको मैले पढें । हाम्रो अहिलेको अर्थतन्त्र भनेको ४२ खर्बको हो । त्यसलाई दुई सय गुणा बढाउने भनेको आठ हजार चार सय खर्ब हो । यो कहिं मेल खाने कुरा हो र ? दुई गुणासम्म भनेको भए ८४ खर्ब हुन्थ्यो । दुई सय गुणा भन्दिनुभयो । हाम्रो अर्थतन्त्र त्यति धेरै लिकेज भएर, त्यति धेरै कमजोर भएर ४२ खर्बमा सीमित भएको भन्ने उहाँले जुन म्यासेज दिनुभयो, त्यो गलत हो ।’
अर्थमन्त्री शर्माको भनाईले आफूहरु पनि कन्फ्युज भएको पाण्डेले बताए । उनले भने, ‘हामी पनि हिजो अर्थमन्त्री भएको । हामीले पनि हिजो भन्न नजानेको हो कि रु ४२ खर्बलाई आठ हजार चार सय खर्ब पुर्याउन सकिने अवस्था त्यो बेलामा पनि थियो कि रु हामीले भन्नु पर्यो नि ।’
अहिलेको अर्थमन्त्री कति योग्य रु भन्ने कुराले उनले केही बोल्न चाहेनन् । साथै, पाण्डेले मासिक १० प्रतिशत पुँजीगत खर्च गर्ने अर्थमन्त्री शर्माको तर्क पनि अव्यवहारिक भएको बताए ।