काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचौलियहरुले संविधान नै खारेज गरेर अहिलेको परिर्वतन नै उल्टाउन खोजिरहेको आरोप लगाएका छन् । राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा एक अन्तर्वार्तामा प्रचण्डले भने, ‘ठूलो त्याग आन्दोलनबाट ल्याएको संविधानमा नयाँ ढंगबाट जाने सम्भावना छ ।
यो परिवर्तन नरुचाउनु दलाल पूँजीपति या विचौलियाहरुले संविधान खारेज गरेर सिस्टममै उल्टाउन लागिरहेका छन् । हामी संविधानलाई रक्षा गर्दै अगाडि जाने पक्षमा छौँ ।’
नीति र नेतृत्वबीचमा अविभाज्य सम्बन्ध रहने बताउँदै निती जसको हुने उसकै नेतृत्व हुँदा राजनीति र पार्टीले अगाडि बढ्ने उनले बताए । नेतृत्व पाँच-पाँच वर्षमा फेर्नुपर्छ भन्ने सिद्धान्त विचारलाई नयाँ ढंगले अगाडि बढाउने क्षमता राख्नुपर्ने उनको भनाइ छ ।
‘जनयुद्धको क्रममा पार्टीमा धेरै बहस छ र छलफल चल्यो समानता र स्वतन्त्रताको लागि लडे । त्यसको उठान र नेतृत्व मैले गरेँ। त्यसैमा टेकेर प्रचण्डपथ पनि भनियो ।
माओवादीलाई बुर्जुवा बनाउनको लागि कति बसिरहेको भनिरहेका छन्’ प्रचण्डले भने, ‘म राष्ट्रको हित र जनता विकास र मुक्तिको लागि बसिरहेको छु। मैले अन्तिमसम्म लड्छु भनेकाले साथीहरुले साथ दिएका छन् ।’