गोरखा- गोरखा उद्योग बाणिज्य संघकाे कोषाध्यक्षमा राजेन्द्र बिश्वकर्मा निर्बिरोध निर्वाचित भएका छन् । सस्थापन इतर पक्षका संयुक्त ब्याबसायी समूहबाट उम्मेदवारी दिएका बिश्वकर्मालाई सस्थापन पक्षले समर्थन गरेपछि उनी निर्वाचित भएका हुन् ।
संघको १६औ अधिबेशनको चुनाब नजिकिएसंगै गोरखाको सरगर्मी ह्वात्तै बढेको छ । अध्यक्ष बन्नैका लागि नेकपा एमाले छाडेर नेपाली कांग्रेस प्रवेश गरेका कृष्णकुमार श्रेष्ठ निर्बिरोध चयन भएका छन । संघको अध्यक्ष सहित ४ पदाधिकारी तथा २ सदस्य निर्विरोध चयन हुने देखिएको छ ।
अध्यक्षमा कृष्णकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा भगवानबाबु मास्के, उपाध्यक्षमा अस्मकबाबु श्रेष्ठ, कोषाध्यक्षमा राजेन्द्र विश्वकर्मा तथा वस्तुगत सदस्यमा पर्वबहादुर विक र महिला सदस्यमा रीता रेग्मी अर्यालको मात्रै उम्मेद्वारी परेकाले उनीहरु निर्विरोध चयन हुने देखिएको हो ।
याे पनि,
उद्योग वाणिज्य संघमा उम्मेदवारीकाे लर्काे, अधिवेशन नजिकिदै गर्दा आर्को प्यानलले ग¥याे घोषणा
उम्मेद्वारी फिर्ता लिने र दावी विरोधको समय भने भोली दिउँसो साढे ३ वजेसम्म निर्धारण गरिएको छ । त्यसपछि मात्रै उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरेर उनीहरु निर्विरोध निर्वाचित भएको सूचित गरिने निर्वाचन अधिकृत अधिवक्ता स्थानेश्वर दुवाडीले बताए । नयाँ कार्यसमिति चयनका लागि मनोनयन दर्ताको समय शुक्रवार दिउँसो ४ वजेसम्म तोकिएको थियो ।
संघको महासचिवमा रामहरि केसी र प्रकाशचन्द्र श्रेष्ठ र सचिवमा काजीराम श्रेष्ठ तथा चन्दनबाबु खत्रीले उम्मेद्वारी दर्ता गराएका छन् । यस्तै खुल्लातर्फको ७ सदस्यमा १७ जनाले उम्मेद्वारी दिएका छन् । दिपककुमार श्रेष्ठ अनु, शरण श्रेष्ठ, सुवास मल्ल, मनकाजी श्रेष्ठ, बसन्त बस्नेत, शिवध्वज खत्री, शंकरबहादुर कुँवर, कर्णबहादुर गुरुङ र अयोध्या जोशीले सदस्य पदमा मनोनयन दर्ता गराएका छन् ।
याे पनि,
गाेरखा उघाेग बाणिज्य संघकाे अध्यक्ष बन्न पार्टी परिर्वतन गरेपछि …..
यस्तै प्रेमध्वज थापा, पुष्कल अर्याल, सुरेन्द्र कुँवर, सुमन कार्की, किरण ढकाल, राजिव अधिकारी, ध्रुवकुमार श्रेष्ठ र संगमबाबु श्रेष्ठले पनि सदस्यमा मनोनयन दर्ता गराएका छन् ।