काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले साथ र हात दिएकै कारण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यो स्थानसम्म आएको बताएका छन् । पर्साको जगरनाथपुर गाउँपालिकामा कार्यकर्तालाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
आफूले साथ दिएकै कारण माओवादी केन्द्र यो स्थानमा आइपुगेको बताउँदै अध्यक्ष ओलीले भने, ‘प्रचण्डलाई आफूले साथ र हात दिएर यो अवस्थामा आएको हो । तर प्रचण्डले कुरा बुझेनन् ।’
उनले आफू सरकारमा रहँदा विकासको लहर ल्याएको भन्दै वर्तमान सरकार जनताले चाहेको सरकार नभएको जिकिर गरे ।
पार्टीले आयोजना गरेको सन्देश सभा र बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न केही समय अगाडि मात्रै अध्यक्ष ओली हेलिकोप्टरमार्फत् पर्सा पुगेका हुन् ।