गोरखा- गोरखा नगरपालिका वडा न १ ताप्लेकाे भोगटेनी च्यानडाडा चौतारापाखा सामुदायिक बन उपभोक्ता समितिको ११औ अधिबेशन तथा २१औ साधारण सभा सम्पन्न भएको भएको छ । अधिबेशनले कुमार बानियाँलाई पुन अध्यक्षमा निर्बिरोध चयन गरेको हाे ।
उपाध्यक्षमा इब्राहिम मिया, सचिव टोप बहादुर भट्ट, कोषाध्यक्षमा अमृता थापा, सह-सचिवमा चेत बहादुर रोकाहा, सद्स्यहरु घमान सिंह बानियाँ, सीता परियार, मैनुदिन मिया, इस्राइल दिन मिया, रुपा श्रेष्ठ चयन भएका छन ।
कार्यक्रममा समितिका सस्थापक अध्यक्ष सहितको ११ जनाको समितिलाई सम्मान कार्यक्रम पनि गरेको थियो । सक्रिय राजनीति पार्टीका प्रतिनिधि, सघ सस्थाका प्रतिनिधि र स्थानीयको बाक्लो उपस्थिति रहेको कार्यक्रममा सामुदायिक वनका बारेमा जानकारी गराईएकाे थियाे ।