लुम्बिनी- नेकपा एमालेका उपमहासचिव एवं पृथ्वीसुब्बा गुरुङले पार्टी र कार्यकर्ताबाट हार खाएर माधव नेपालले पार्टी त्यागेको टिप्पणी गरेका छन् ।
लुम्बिनीमा भएको प्रेस चौतारी नेपालको विस्तारित केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेता गुरुङले नेपालले एमालेलाई आरोप लगाए पनि विकल्प भने दिन नसकेको बताए ।
‘माधव नेपालले पटक-पटक विभिन्न आरोप लगाउनुभो तर विकल्प कहिल्यै दिनुभएन’, उनले भने, ‘अन्तिममा पार्टी र कार्यकर्ताबाट हार खाएर एमाले नै त्याग्नुभयो ।’