काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमा लेखनाथ न्यौपानेको फरक मत कायमै रहने भएको छ ।
काठमाडौंमा जारी महाधिवेशनको बन्दसत्रमा प्रचण्डले सबै सुझावलाई समेट्ने बताएपछि प्रतिवेदन पास गरेको छ । तर न्यौपानेको फरक मतलाई समेट्न नसक्ने बताए । उनको मत फरक मतका रुपमा प्रस्तावमा राख्ने र छलफल गर्दै जाने बताएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
न्यौपानेले सल्लाह नै नगरी फरक मत राखेको भन्दै माओवादी प्रचण्डले असन्तुष्टि जनाएका छन् । माओवादी बन्दसत्रमा सल्लाह नै नगरी न्यौपानेले फरक मत राखेको भन्दै दाहालले आफूले उनको फरक मतलाई फरक मतकै रुपमा लिने बताएका छन् ।
नेता न्यौपानेले राखेको फरक मतलाई भने सम्मान गर्ने तय भएको प्रचण्डलेब बताए। यद्यपि बन्द सत्रमा आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रचण्डले न्यौपानेले पार्टी प्रणालीमा नभइ बाहिर फरक मत राखेको प्रति असन्तुष्टि भने जनाएका थिए।
‘उहाँको विचारलाई भिन्नमतको रुपमा स्वीकार गरिन्छ र आवश्यकता परेमा छलफलमा समेत लगिनेछ, प्रचण्डले भनेका थिए, ‘भिन्नमतको सम्मान र बहसबाट मात्रै सहि विचारको विकास हुन्छ भन्नेमा माओवादीले विश्वास गर्दछ।’
न्यौपानको शैलीप्रति प्रचण्डको असन्तुष्टि थियो, ‘त्यसरि राखिएको उक्त मतमै प्रतिनिधिमाझ छलफलका लागि जाने थियो तर वहाँले छलफलमा नल्याइकन नै सार्वजनिक गर्नु भयो।’
लेखनाथ न्यौपानेको १० बुँदे फरक मत- प्रचण्डको प्रतिवेदनले जमिनमा खुट्टा टेकेको छैन [पूर्णपाठसहित]