गाेरखा-नेकपा (एमाले) को साताैं जिल्ला अधिवेशन २३ पुस (भाेली) तय भएपछि गाेरखामा चुनावको सरगर्मी बढेको छ । नेतृत्वका लागि नेताहरु आन्तरिक तयारीमा जुटेका छन् । यसअघि एमालेको गाउँ/नगर कमिटी र वडा कमिटी सर्वसम्मतबाट चयन भइसकेको छ ।
सातौँ अधिवेशनबाट नयाँ कार्यकालको नेतृत्व गर्न तीन जना जिल्ला नेताहरुले दावी गरेका छन् । अध्यक्ष प्रेम गुरुङ, प्रदेश सदस्य सुरेन्द्र थापा र सचिव कृष्ण नेपालीले अध्यक्ष पदका लागि आ–आफ्नो दावी प्रस्तुत गरेका छन् ।
तीनजनामध्ये एक जनाको नाममा सर्वसहमति गराउने गृहकार्य भइरहेको एमालेले जनाएकाे छ । अध्यक्षबाहेकका उपाध्यक्ष, सचिव लगायतका पदमा भने अहिलेसम्म कसैले पनि चर्चा गरेका छैनन् । स्राेतका अनुसार सचिवमा माेहन भट्टराइ र सुरेशबाबु श्रेष्ठकाे चर्चा रहेकाे बताइएकाे छ ।
अध्यक्षका आकांक्षी गुरूङ एमाले र माओवादी केन्द्रबीच एकता भएपछि बनेको नेकपाको जिल्ला कमिटि सचिव थिए । दुई पार्टीको एकता खारेज भइसकेपछि जिल्ला अध्यक्षको जिम्मेवारी पनि उनले नै पाए । २०७४ काे स्थानीय तहकाे निर्वाचनमा सिरानचाेक गाउँपालिकाकाे अध्यक्षमा पराजित गुरूङ लामाे समयदेखि एमालेकाे राजनीति गर्दै आएका छन् । उनी सिरानचाेक गाउँपालिकाका हुन् ।
जिल्ला सचिव नेपाली २०७४ सालकाे स्थानीय निर्वाचनमा प्रदेशका लागि समानुपातिक सांसदकाे सुचिमा नाम थियाे । अझ, माघ १२ गते हुने राष्ट्रिय सभाकाे निर्वाचनमा उनकाे नामसमेत जिल्लाबाट सिफारिश भएकाे थियाे । उनकाे नाम प्रदेश हुदैं केन्द्रबाट सिफारिस हुन सकेन । उनी आरूघाट गाउँपालिकाका हुन् ।
प्रदेश सदस्य थापा भने भूमि सम्बन्धी समस्या समाधान आयोगका गाेरखा जिल्ला अध्यक्ष थिए । गठबन्धनकाे सरकार बनेसंगै उनीकाे पनि पद खारेज भएकाे थियाे । एमाले भित्रका पूराना नेताका रूपमा चिनिएका थापा भिमसेन थापा गाउँपालिकाका हुन् ।
जनसंगठनको टुंगो लागिसकेपछि अधिवेशनका लागि करिब ६ सय ५० जना प्रतिनिधि सहभागी हुने भएका छन् । उद्घाटन समारोहमा केन्द्रीय सदस्य रामशरण बस्नेत अतिथिको रुपमा रहनेछन् ।
त्यस्तै अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष र सचिव निर्वाचित हुनेछन् भने उपसचिवमा २ र सदस्यहरु १३० १३० जना निर्वाचित हुनेछन् । निर्वाचित कमिटी तथा अध्यक्षले १० प्रतिशत सदस्य मनोनित गर्ने प्रावधान रहेको छ । अधिवेशनका लागि रमेश अधिकारीलाई निर्वाचन अधिकृत तोकिएको सचिव नेपालीले जानकारी दिए ।