गाेरखा- मन्त्रीपरिषद्काे बैठकले नगर विकास काेषकाे सञ्चालक समिति सदस्यमा गाेरखा नगरपालिका मेयर राजनराज पन्तसहित सातजना नियुक्ति गर्ने निर्णय गरेकाे छ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीकाे प्रस्तावमा मेयर पन्तसहित सात जनालाई काेषकाे सञ्चालक सदस्य बनाउने निर्णय गरेकाे हाे ।
गत पुष १४ गते प्रधानमन्त्री शेरबहादुर देउवाकाे अध्यक्षतामा भएकाे मन्त्रीपरिषद् बैठकले पन्तसहित सात जनालाई आगामी दुई बर्षका लागि नगर विकास काेषकाे सञ्चालक समिती सदस्य बनाउने निर्णय गरेकाे थियाे । काेषकाे अध्यक्ष भने सहरी विकास मन्त्री रहने ब्यवस्था छ ।
मेयर पन्तसंगै त्रियुगा नगरपालिका उदयपुरका मेयर बलदेव चौधरी, क्षिरेश्वरनाथ नगरपालिका धनुषाका मेयर योगेन्द्र पजियार, रास्कोट नगरपालिका कालिकाेटका मेयर काशीचन्द्र बराल, धुनिवेशी नगरपालिका धार्दिङका मेयर बालकृष्ण आचार्य, रेसुङ्गा नगरपालिका गुल्मिका मेयर डिल्लीराज भुसाल र गोदावरी नगरपालिका ललितपुरका मेयर गजेन्द्र महर्जनले नियुक्ति पाएका हुन् ।
यस अघि काेषकाे सञ्चालक समितिमा वीरगंज महानगरपालिका मेयर विजय कुमार सरावगी, भरतपुर महानगरपालिका मेयर रेनु दाहाल, पाेखरा महानगरपालिकाका मेयर मान बहादुर विसि, बुटबल उप महानगरपालिकाका मेयर शिवराज सुवेदी, गौरीगङ्गा नगरपालिकाका मेयर भिम बहादुर देउवा, दमक नगरपालिकाका मेयर गिता अधिकारी सदस्य रहेका थिए । उनीहरूकाे मंसिर २८ गते समयावधि सकिएकाे काेषले जनाएकाे छ ।
कम्युनिष्टकाे असहयोगले नगरपालिकाको बिकास गर्न नसकिएकाे भन्दै फन्छिदैं आएका उनी आगमाी दुई बर्षका लागि सञ्चालक समिति सदस्यमा नियुक्ति पाएका हुन् । पछिल्लाे समय उनलाई कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेकाे साथ छ । पाण्डेकाे साथका कारण उनी नगर बिकास काेषकाे सदस्यमा नियुक्ति पाएका हुन् ।
काँग्रेसको गत मङि्सर १८ मा भएकाे १४औँ महाधिवेशन अन्तरगत गण्डकी प्रदेश कार्यसमितिकाे सह-महामन्त्रीमा पराजित मेयर पन्त नगर काेषकाे सदस्यमा नियुक्ति पाएका हुन् । २०७४ मा मेयरमा निर्वाचित भएका पन्तकाे कार्यकाल अब बढिमा १० महिना, घटिमा ४ महिना बाँकि छ ।
याे पनि,
मेयर पन्तका चार बर्ष : कम्युनिष्टकाे असहयोगले नगरपालिकाको बिकास गर्न सकिन
आर्थिक अनुशासन र नियम कानुनकाे धज्जी उडाँउदै गाेरखा नगरपालिका
१५ लाखमा खरिद गरेकाे ड्राेन दुईबर्षे देखि स्टोरमै थन्कियो
नियामक निकायको मिलेमत्तोमा ‘अबैध क्रसर’
दरौंदीमा नदिजन्य पर्दाथ उत्खनन् : राजश्वको लोभमा क्रसरलाई खोला सुम्पिदै स्थानीय सरकार
सार्वजनिक सुनुवाई विना घाटगद्दी ठेक्का लगाउँदै गोरखा नगरपालिका
गोरखाका नयाँ सिडिओ पौडेल भन्छन् – ‘कुनै प्रलोवनमा पर्दिँन,पर्छ भन्ने कसैले नसोचे हुन्छ’
अवैध क्रसर उद्योग डेढ महिनाभित्र बन्द गराउने मन्त्री लम्सालको चेतावनी
दराैँदी नदीको धार नै परिवर्तन गरी ढुंगा, गिटी, बालुवा उत्खनन, मापदण्ड मिचेको भन्दै रोक
दरौंदी पुलमा मेयरकाे ‘गिद्दे नजर’ : संरक्षणकाे नाममा अवैध दाेहन
दराैंदीमा अवैध दाेहन, अलपत्र गोरखा-आरुघाट सडकखण्ड
गोरखामा पहिलो पटक प्याराग्लाइडिङ परिक्षण उडान
गोरखा-आरुघाट सडक निर्माणको ठेक्का अलपत्र पारेर ठेकेदार बेपत्ता भएपछि
पत्रकारलाई प्रभावित पार्न गाेरखा नगरपालिकाका मेयरले बाड्य ‘ल्याप्टप’
गोरखाका मेयरलाई गिज्याईरहेको ‘गोरखा गेट’
अवुवा क्षेत्रमा अबैध सालका रूख कटान : दोषी उम्काउन मेयरको दवाव
७ बर्षदेखि बन्द गोरखाकाली रबर उघोग : बन्यो चुनावी एजेन्डा, तर सञ्चालनमा आएन
गोरखाकाली रबर उघोग : निजि क्षेत्रको सहकार्यमा सञ्चालनमा ल्याउने सरकारी नीति, कार्यान्वयनमा आशंका