काठमाडाैं- एमाले नेताहरुको साथ सहयोगमा देशभरका धार्मिक र पर्यटकिय क्षेत्रका सरकारी जग्गा सस्तोमा लिजमा लिएर मुनाफा आर्जन गरिरहेको यति ग्रुप जस्तै गतिमा अघि बढिरहेको बतास ग्रुपका अध्यक्ष आनन्दराज बतास धेरैका लागि गुमनाम पात्र हुन ।
गुमनाम भएपनि उनको उच्च राजनीतिक घरानासँगको उठबसले फाइदै फाइदा दिलाएको छ । व्यवसायमा उदाउदै गरेको त्यही बतास ग्रुपका अध्यक्ष बतासलाई प्राइम टाइम्स टेलिभिजनले स्टिङ अप्रेसन गरेर धेरै कुराहरुको खुलासा गरेको छ ।
आफुमाथि उठेका प्रश्नबारे कुनै पनि सञ्चारमाध्यम होस् या उसको आधिकारिक धारणा बाहिर आउन सकेको छैन् । को होलान् आनन्दराज बतास ? जसले राजनीतिक साँठगाँठमा देशभरका सरकारी सम्पत्तीमा रजाँई गरिरहेका छन् ।
उनले भनेका छन्-
म शेरबहादुर देउवाको मान्छे हुँ । तर, मेरा तीनवटै काम केपी ओलीका पालामा भएका छन् नि ! कम्युनिस्टहरूले दिन्थे त मलाई ? टेन्डर निकाले, प्राविधिक रूपमा पास भएँ, मैले पाएँ त पाएँ । तपाईंलाई लाग्छ, कांग्रेसका वेला (सत्तामा रहेका वेला) कांग्रेसले मात्र पाउँछ, कम्युनिस्टका वेला कम्युनिस्टले मात्र पाउँछ ? यस्तो हुन्छ र दुनियाँमा ?
ब्युरोक्रेसीमा को खेल्दैन ? ब्युरोक्रेसीमा त खेल्ने हो । के लुकाउनु छ तपाईंलाई ? ब्युरोक्रेसीमा ‘हजुर यसो गरौँ, त्यसो गरौँ’ नभनेर पाउँछ कसैले ? सबैलाई थाहा छ– अहिले शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ । आनन्द बतास शेरबहादुर देउवाको नजिकको मान्छे हो । शेरबहादुर देउवाको पैसा आनन्द बतासले चलाउँछ भन्छ मान्छेहरूले, एक रुपैयाँ प्रमाणित गरेर देखाओस् त ! मीनबहादुरलाई माओवादीको पैसा चलायो भन्छन्, सुमार्गीलाई पनि त्यसै भन्छन् । आरजु (प्रधानमन्त्रीपत्नी)को पैसा सबै मैले चलाउँछु भन्छ क्या ! यस्तो सुन्दा मलाई दुःख लाग्छ ।
मेरो ससुराली भद्रपुर हो । ओलीजी (केपी ओली)ले मलाई ज्वाइँ भन्नुहुन्छ । तर, चार वर्ष भयो उहाँसँग भेट नभएको । कुनचाहिँ टेन्डर, वर्ल्ड बैंकको होस् वा एडिबीको, कुनै विक्रम पाण्डेलाई, कुनै अर्कोलाई त पर्ने हो नि हजुर ! मलाई सोध्नुपर्छ यार तपाईंहरूले ? कसरी पर्छ, तपाईंहरूलाई नै थाहा छ नि ।
भिडियाे