गाेरखा- नेकपा (एमाले) गोरखाको अध्यक्षमा प्रेम गुरुङ सर्वसम्मत चयन भएका छन् । शनिबारबाट सुरू भएकाे सातौ जिल्ला अधिवेशनबाट गुरुङ सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । उनी नेकपाकालमा सचिव थिए भने एमालेकाे छैटौं अधिवेशनबाट जिल्ला अध्यक्ष निर्वाचित भएका थिए ।
उपाध्यक्षमा यसअघिका जिल्ला सचिव कृष्ण नेपाली सर्वसम्मत चयन भएका छन् । सचिवमा काजीराम रोका, उपसचिवहरुमा तिनजनाकाे उम्मेदवारी परेसंगै निर्वाचनमा जाने भएकाे छ । उपसचिवमा राजन गुरुङ, सुरेशबाबु श्रेष्ठ र विशाल थापाकाे उम्मेदवारी परेकाे छ । उम्मेदवारी परेसंगै भाेली विहान उपसचिवमा निर्वाचन हुने निर्वाचन समितिले जनाएकाे छ ।
सदस्यहरुमा जनकराज भट्ट, इश्वर रेग्मी, खिलबहादुर राना, चित्र खड्का, रामहरि केशी, भीमबहादुर बोगटी, सुष्मा रोकाहा, धनेन्द्र धमला लगायत ३० जना सर्वसम्मत चयन भएकाे एमालेले जनाएकाे छ ।
याे पनि,
एमाले गाेरखामा चुनावको सरगर्मी : अध्यक्षमा तीन जना आकांक्षी
अध्यक्ष एक, उपाध्यक्ष एक र सचिव एक, उपसचिव दुई र सदस्यहरु १०५ जना निर्वाचित हुनेछन् । निर्वाचित कमिटी तथा अध्यक्षले १० प्रतिशत सदस्य मनोनित गर्ने प्रावधान रहेको छ ।
अधिवेशनमा प्रतिनिधिलाई सर्वसम्मत नेतृत्व चयनका लागि प्रेरित गर्ने र सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विधि अवलम्बन गर्न एमाले कैन्द्रले सर्कुलर गरेको थियाे । निर्वाचनको विधि र प्रक्रियाका हकमा पार्टीको केन्द्रीय निर्वाचन आयोगको निर्देशनअनुसार गर्न पनि भनिएको थियाे ।
जिल्ला इन्चार्ज रामशरण बस्नेतले पार्टीको केन्द्रीय सर्कुलर अनुसार नै सर्वसम्मत रुपमा अधिवेशन सक्ने तयारी गरिएकाे । अध्यक्षमा नेपाली र सुरेन्द्र थापा आकांक्षी थिए ।
शुक्रबार (हिजो) देखि सुरु भएको जिल्ला अधिवेशनको दोस्रो दिन आज विहान करिब ८ बजेदेखि उमेद्वारी दर्ताको समय थियो । निर्वाचन समितीले उमेद्वारी फिर्ताको समय एक पटक थप गरेर साँझ ६ : ५० बजेसम्म राखेको थियो ।
‘मनोनयन फिर्ताको समय सक्किएको छ । पदाधिकारीमध्य उपसचिवमा र जिल्ला कमिटीका अन्य कल्टरमा चुनाव हुने निश्चित छ’, निर्वाचन अधिकृत अधिकारीले भने ।