गाेरखा- पछिल्लो २४ घण्टामा ३ हजार ५५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सोही अवधिमा २७१ जना निको भएका छन्।
मन्त्रालयका अनुसार आज एक जनाको मृत्यु भएको छ। यससँगै मृतकको जम्मा संख्या ११ हजार ६१० पुगेको छ। हाल देशभर सक्रिय संक्रमित १४ हजार ३४० जना रहेका मन्त्रालयको तथ्यांक छ।
हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४१ हजार २९७ तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा ९९ हजार २२५ गरी ९ लाख ४० हजार ५२२ जनामा संक्रमण पुष्टि भएको छ।
संक्रमितमध्ये हालसम्म ८ लाख १५ हजार ३४७ जना निको भएका छन्।