काठमाडौं– त्रिवि शिक्षण अस्पतालमा चिकित्सकसहित ६० जनाभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ।
एकैपटक ६० जनाभन्दा बढी चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको सेवा प्रभावित भएको छ।
अस्पतालका कार्यकारी निर्देशक डा दिनेश काफ्लेका अनुसार कन्ट्रयाक ट्रेसिङमा परेका चिकित्सक तथा स्वास्थ्यकर्मीको कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो।
अस्पतालका निर्देशक दिनेश काफ्लेका अनुसार त्यहाँ कार्यरत चिकित्सक, आवासीय चिकित्सक र कर्मचारीलाई कोरोना पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु अहिले होम आइसोलेनमा रहेका छन् । उनले भने, ‘अहिले उहाँहरु होम आइसोलेसनमा हुनुहुन्छ । धरैलाई लक्षण देखिएको छैन् । केहीलाई मात्रै लक्षणहरु छन् ।’
स्वास्थ्यकर्मीहरु विरामी मार्फत कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । चिकित्सकहरुलाई कोरोना संक्रमित भएपछि अस्पतालको सेवा प्रभावित भएको छ ।
स्वास्थ्यकर्मीहरु यसरी नै प्रभावित भएपनि स्वास्थ्य प्रणालीमा ठूलो समस्या आउन सक्ने उनले बताए । चिकित्सकहरु संक्रमित हुँदा ननकोभिड विरामीहरुले पाउने सेवा समेत प्रभावित हुने उनको भनाई छ । उनका अनुसार गत साता भन्दा विरामीको चाप पनि अस्पतालमा बढेको छ ।