काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो पार्टीले संसद्लाई रणभूमि नबनाएको स्पष्ट पारेका छन् ।
उनले संसद्को निकास दिनको लागि सत्तापक्षीय गठबन्धन र यसको नेतृत्व गरेको कांग्रेसले दिनुपर्नेमा जोड दिए । उनले आफूहरु संसद् खुलाउने पक्षमा रहेको सुनाए । उनले आफूहरु यो संसदलाई कामयावी बनाउने पक्षमा रहेको पनि स्पष्ट पारे ।
पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा संसद् सदाको लागि अन्त्य गर्नको लागि विघटन नगरेको पनि स्मरण गराए ।
उनले प्रचण्ड र माधव नेपाल एक्लाएक्लै चुनाव लड्न नसक्ने अवस्थामा रहेकोले कसैको बैशाखी टेकेर चुनावमा जान चाहेको पनि आरोप लगाए ।
एमालेबाहेकका दलहरुलाई चुनाव भनेपछि डर लाग्ने गरेको पनि टिप्पणी गरे । उनले आफूहरुको कसैप्रति पनि रिस र राग नरहेको जिकिर गरे ।