त्यहाँस्थित एउटा चिडियाखानामा रहेका सिंह र प्युमामा तिनको रेखदेख गर्ने कर्मचारीबाट कोरोना सरेको हुन सक्ने अनुमान प्रिटोरिया विश्वविद्यालयका वैज्ञानिकले अध्ययनपछि बताएका छन्।
यसरी कोरोना जनावरमा फैलिरह्यो र मानिसमा सर्यो भने नयाँ भेरिअन्ट उत्पत्ति हुन सक्ने खतरा वैज्ञानिकल औंल्याएका छन्।
वैज्ञानिकका अनुसार चिडियाखानाका ती जनावरमा कोरोना संक्रमित मानिसमा जस्तै लक्षण देखिएका थिए। सास फेर्न गाह्रो, नाकमा सिँगान र सुक्खा खोकी लागेको पाइएको थियो।
यो घटनापछि वैज्ञानिकहरूले जनावर रेखदेख गर्दा पनि मास्क लगाउन र अन्य सुरक्षाका उपाय अपनाउन सुझाव दिएका छन्। यो अनुसन्धान जर्नल भाइरसेसमा प्रकाशन भएको छ। बीबीसी