काठमाडौं– न्यूजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले आफ्नो विवाह रोकेकी छन्।
आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै न्यूजिल्यान्डमा हजारौं सर्वसाधारण महामारीबाट प्रभावित भएको जानकारी गराउँदै आर्डर्नले यस्तो बेलामा उत्सव मनाउन नसक्ने बताइन्।
‘म पनि फरक छैन, न्यूजिल्यान्डमा हजारौं मानिसहरू महामारीबाट प्रभावित भएका छन्। सबैभन्दा पीडा तब हुन्छ जब तपाईं आफ्नो नजिक र प्रियजनहरूको दुखको समयमा पनि साथ हुन सक्नुहुन्न,’ उनले भनिन्।
कोरोना भाइरसको संक्रमण जोखिम नियन्त्रणका लागि भन्दै न्यूजिल्यान्डमा निषेधको नयाँ आदेश जारी गरिएको छ। उक्त निषेधको नयाँ आदेश आइतबारदेखि लागू हुँदैछन्। आदेशअनुसार हलभित्र आयोजना गरिने कार्यक्रममा खोप लगाएका १०० जना सहभागी हुन पाउने छन्।
न्यूजिल्याण्डमा हालसम्म १५ हजार १०४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ५२ जनाको मृत्यु भएको छ ।