काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
राष्ट्रपति भण्डारीलाई भेट्न प्रधामन्त्री देउवा बिहीबार दिउँसो शीतलनिवास पुगेका थिए।
भेटमा राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचन समयमै गराउन प्रधानमन्त्री देउवालाई आग्रह गरेकी छन्। उनले स्थानीय निर्वाचनको मितिबारे चासो लिँदै समयमै निर्वाचन गर्न आग्रह गरेकी हुन्।
राष्ट्रपति भण्डारीले अन्य निर्वाचनहरू पनि संविधान अनुसार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालले बताए।
जवाफमा प्रधानमन्त्री देउवाले समयमै निर्वाचन हुने र संविधान अुनसार सरकारले मिति घोषणा गर्ने प्रतिवद्धता जनाए। उनले निर्वाचनका विषयमा अन्य दलहरूसँग पनि छलफल भइरहेको राष्ट्रपतिलाई जानकारी गराए।
भेटमा प्रधानमन्त्री देउवाले संसद्को अवरोध खोल्ने बारेमा आफूले पहल गरेको जानकारी दिँदै थप पहल गरिदिन राष्ट्रपति भण्डारीलाई आग्रह गरे। उनले निरन्तर संसद् अवरोध हुँदा सरकारको काममा पनि असर परेको राष्ट्रपतिलाई सुनाए।
प्रमुख प्रतिपक्ष एमालेले गएको साउनदेखि निरन्तर सदन अवरोध गर्दै आएको छ।