काठमाडौं- एमसीसीको मुद्दा पुनः जोडतोडले उठेपछि सत्तागठबन्धन नै संकटमा छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमै आवद्ध दलहरुको समर्थन नपाएपछि अनेक विकल्प र प्रश्नमाथि छलफल चलिरहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग दुई विकल्प छन्, गठबन्धन कि एमसीसी रु गठबन्धन बचाउन एमसीसीलाई वेवास्ता गर्दै प्रचण्ड-माधवसँग मुख मिलाएर अघि बढ्नुपर्नेछ, एमसीसी पारित गर्न गठबन्धन त्याग्न तयार हुनुपर्नेछ ।
यद्यपी तेस्रो तर सहायकका रुपमा अर्को विकल्प पनि छ, जसले प्रधानमन्त्रीमाथि श्वास भरिरहेको छ । कथम सत्ता गठबन्धन एमसीसीकै कारण टुक्रिए प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी एमालेसँग मिलेर भएपनि पारित गराउने दृढ संकल्प लिएका छन् ।
यतिबेलै एक गम्भीर प्रश्न खडा हुनेछ, के एमसीसी पास गर्न देउवा अघि बढे माओवादी केन्द्र र एकीकृत समाजवादी सरकार र गठबन्धनबाट बाहिरिन्छन् ? माओवादीका नेताहरु भन्छन, ‘हो हामी गठबन्धन त्याग्न तयार छौं ।’
गठबन्धन छाड्नु परे पनि यथास्थितिमा एमसीसीको पक्षमा मतदान नगर्ने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको अडान छ ।