गोरखा- प्रेस चौतारी नेपालको २४ औँ स्थापना दिवसको अबसरमा मानव सेवा आश्रम गोरखाका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरिएको छ ।
चौतारी गोरखा शाखाका अध्यक्ष अश्विन दानीले शनिवार आश्रमका बालबालिकाहरुलाई कापी, कलम लगायतका शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन् ।
‘विसं २०५५ मङ्सिरमा आयोजित भेलाले गठन गरेको तदर्थ समितिले २०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा प्रेस चौतारी नेपाल संस्था दर्ता भएको हो । श्रमजीवी पत्रकारहरुको हकहितको रक्षा गर्ने उदेश्यले स्थापना भएको यस गौरवशिल संस्थाले आज २३ वर्ष पूरा गरी २४ वर्षमा प्रवेश गरेको छ । त्यसैले स्थापना दिवसको अबसरमा मानवसेवा आश्रमका बालबालिकाहरुलाई प्रोत्साहन गर्ने उदेश्यले सहयोग प्रदान गरेका हौँ’, अध्यक्ष दानीले भने ।
कार्यक्रममा चौतारीका केन्द्रिय सदस्य भिमलाल श्रेष्ठ, पत्रकार किरण लोहनी, चौतारीका जिल्ला समिती सदस्यलगायतको उपस्थिती रहेको थियो ।