पालुङटार- नेकपा (माओवादी केन्द्र) पालुङटार नगर समितिले २७ औ जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ ।
पालुङटार नगर समितिले हरेक वडा समितिलाई कार्यक्रम गर्न निर्देश दिएको थियो । त्यही अनुसार पालुङटार-१ मा राष्ट्रिय सभाका सदस्य भुवन सुनारको प्रमुख अथितिमा पार्टीका स्थानीय नेता कर्याकर्ताको उपस्थितिमा जनयुद्ध दिवस मनाएको हाे ।
त्यस्तै वडा नम्बर २ ले आज बिहान चापाभञ्ज्याङमा चियापान, दिउसो हर्मीकोटमा कार्यक्रम गरेर र बेलुका आँपपिपल बजारमा दिपावलि गरेर जनयुद्ध दिवस मनाइएको माओवादीका वडा अध्यक्ष कमल पोखरेलले जानकारी दिए ।
पालुङटारको वडा नम्बर ३, ४ र ५ ले ठाटिपोखरी बजारमा दिपावलि गरेर जनयुद्ध दिवस मनाएको छ ।
त्यस्तै ६,७,८,९ र १० नम्बर वडा पार्टीले पनि विभिन्न कार्यक्रम गरेर जनयुद्ध दिवस मनाएको माओवादी केन्द्रले जनाएको छ ।
पार्टीले हरेक वडा -वडामा विभिन्न कार्यक्रम गरेर जनयुद्ध दिवस मनाउने निर्णय गरेको र त्यही अनुसार १० वटै वडामा जनयुद्ध दिवस मनाइएको माओवादीका नेता विवस चिन्तन (अजय ) ले जानकारी दिए ।
माओवादी केन्द्र निकट युवा संगठन वाइसिएल नेपाल, गोरखा र अनेरास्ववियु (क्रान्तिकारी) गोरखाकाे आयाेजनामा सदरमुकाममा दिप प्रज्वलन जनयुद्ध दिवस मनाएकाे छ ।
जनयुद्धका क्रममा ज्यान गुमाएका शहिद र वेपत्ताहरुको सम्झनामा दिप प्रज्वलन गरीएको हो । २०५२ साल फागुन १ गते आजैका दिन माओवादीको नेतृत्वमा १० बर्ष सम्म जनयुद्ध सुरु भएको थियो ।