गाेरखा- नेपाली कांग्रेस गाेरखाकाे काेषाध्यक्षमा बलराम खड्का र प्रबक्तामा भगवानबाबु मास्के नियुक्त नियुक्त भएका छन् ।
जिल्ला कार्य समिति गोरखाको आजको बैठकले खड्कालाई कोषाध्यक्ष र प्रबक्तामा मास्केलाई नियुक्त गरेको हो ।
१४ औं जिल्ला अधिवेशनबाट जिल्ला सदस्यमा निर्वाचित भएका खड्का पालुङटार नगरपालिका हुन् भने मास्के गोरखा नगरपालिकाका हुन ।
कोषाध्यक्ष खड्का पालुङटार नगरपालिकाका मेयरका बलिया आंकाक्षीसमेत हुन् । नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरू गरेका खड्का, तरूण दल हुदैं कांग्रेस गोरखा कार्यसमितिको कोषाध्यक्ष भएका हुन् । जिल्ला सभापतिले निर्वाचित सदस्यहरूबाट एकजना निर्वाचन जिल्ला सदस्यबाट कोषाध्यक्षमा मनोनित गर्न पाउने विधानमा व्यवस्था थियाे ।
नेपाल रेडक्रस गोरखाका पूर्वसभापतिसमेत रहेका मास्के कांग्रेस गोरखाको प्रबक्त्ता भएका छन् ।
कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत गाेरखामा भाद्र १८–१९ गते वडा, असोज ९ गते पालिका, १२ गते प्रदेश क्षेत्र, १५ र १६ गते संघिय क्षेत्र, १८–१९ मा जिल्ला कार्यसमितिका लागि निर्वाचन भएको थियो ।