काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।
सरकारले जबरजस्ती एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस गरे सरकारबाट बाहिरिने निर्णय गरेका प्रचण्ड यसबारे प्रधानमन्त्री देउवालाई जानकारी गराउन बालुवाटार पुगेका हुन् ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसले एमसीसीलाई आजको कार्यसूचीमा राख्न दबाब दिएको छ भने प्रचण्डले बालुवाटारमा पुगेर एमसीसी अघि बढाइए आजै सरकार छाड्ने जानकारी दिन लागेको माओवादी नेता देव गुरुङले बताए ।
माओवादीका मन्त्रीहरुलाई पनि आवश्यक परे आजै राजीनामा दिनुपर्ने बताइएको छ ।
एमसीसीको सन्दर्भमा माओवादी रिजिड बनेको र माधव नेपाल लचिलो बनेको ब्रिफिङ कानूनमन्त्री दिलेन्द्र बडूले कांग्रेस नेताहरुलाई गरेका छन् ।
माओवादीले भने एमसीसी जबर्जस्ती अघि बढाइए गठबन्धन टुट्ने प्रष्ट सन्देश दिएको छ । त्यही सन्देश दिन प्रचण्ड बालुवाटार गएका हुन् ।