काठमाडौं– प्रतिनिधि सभाको आजको बैठक पनि प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरोध गरेको छ।
बैठकको सुरुवातमै एमालेले अवरोध गरेको हो। सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारबाही सुरु हुन्छ भने लगत्तै एमालेका सांसदहरुले विरोध र नाराबाजी गर्न सुरु गरेका छन्।
एमालेले संसद पुनर्स्थापना भएसँगै निरन्तर संसदमा अवरोध गर्दै आएको छ। सभामुख अग्निप्रसाद सापकोटाले आफूहरुले कारबाही गरेको सांसदको सूचना टाँस नगरेको भन्दै एमालेले बिरोध गर्दै आएको छ।
एमाले विभाजन गराउन सभामुख सापकोटाको भूमिका रहेको र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त नगरेसम्म संसद बैठक चल्न नदिने अडानका साथ एमाले सांसदरूले नाराबाजी गर्दै बैठकमा अवरोध गर्दै आएका छन् ।
आजको बैठकमा एमसीसी टेबल गर्ने भनिए पनि सत्ता गठबन्धनबीच मतएैक्यता नहुँदा गठबन्धनबीच आज पेस नगर्ने सहमति भएको छ ।