काठमाडौं- अमेरिकी अनुदान सहयाेग एमसीसी संसदबाट पारित गर्न अमेरिकाले पछिल्लाे पटक दिएकाे समयसीमा सकिन १० दिन मात्र बाँकी छ । १६ फागुनभित्र एमसीसी पारित नभए थप कदम चाल्ने एमसीसी मुख्यालयले बताइसकेकाे छ ।
तर, सत्ता गठबन्धनका पाँच दल नै पाँचतिर भएपछि एमसीसी संसदमा टेबुलसमेत हुन सकेकाे छैन । सत्तासिन नेपाली कांग्रेस जसरी पनि एमसीसी टेबुल गर्नुपर्ने पक्षमा भए पनि खासगरी माओवादी केन्द्र र माओवादी केन्द्रसमाजवादी अहिलेकाे अवस्थामामा अगाडि बढाउन नहुने अडानमा छन् ।
प्रमुख प्रतिपक्षी एमाले पर्ख र हेरकाे अवस्थामा छ ।
यही तिगडमका कारण बुधबार बसेकाे प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल हुन सकेन, बरु सत्तासिन दल माओवादी र एकीकृत समाजवादीका भ्रातृ संस्था नै सडकमा उत्रिए ।
सहमति जुटाउने भन्दै बिहीबार बसेकाे सत्ता गठबन्धनकाे बैठक पनि निरर्थक नै बन्याे ।
यही अन्याैलका बीच आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक दिउँसाे १ बजे बस्ने भए पनि एमसीसी टेबुल हुने सम्भावना न्यून रहेकाे छ ।
संसद् सचिवालयले सार्वजनिक गरेकाे सम्भावित कार्यसूचीमा पनि एमसीसी उल्लेख छैन । बरु प्रधानमन्त्री शेरबहादुर देउवाले ‘आदिवासी जनजाति आयोगको प्रतिवेद आर्थिक वर्ष २०७७/७८’ पेस हुने कार्यसूची छ ।
प्रतिनिधिसा बैठक अघि सभामुख अग्नि सापकाेटाले बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिकाे बैठक बाेलाएका छन् ।