काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले एमसीसीमा आफूहरूको समर्थन नहुने बताएका छन् ।
आइतबार संसद बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै नेपालले एमसीसी पास गर्न आफूहरूको समर्थन नहुने बताएका हुन् ।
‘एमसिसीमा हाम्रो समर्थन छैन,’ उनले भने,‘सरकारले जसरी पनि लान खोजे सरकार जे हुन्छ, हुन्छ।’
एकीकृत समाजवादीको शनिबार बसेको स्थायी समिति बैठकले एमीसीसी सदनमा टेबल गर्न दिने निर्णय गरेको थियो ।
समाजवादीका सम्मानित नेता झलनाथ खनालले उक्त निर्णयको विरोध गरिरहेका छन् । संसदमा एमसीसी टेबल गर्दा पनि खनालले उठेर विरोध गरेका थिए ।