गाेरखा- अवैध रुपमा जडीबुटी ओसारपसार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय गोरखाले एक जना पुरुषलाई पक्राउ गरेको छ । धार्चे गाउँपालिका वडा २ रुन्चेतका ४६ वर्षीय बुद्धराम गुरुङलाई बिहिवार पक्राउ गरिएको हाे ।
अवैध रुपमा चिराईतो र अल्लो जातको जडीबुटी संकलन गरेर बिक्रीका लागि लैजाँदै गरेका उनलाई माछाखोलाबाट पक्राउ गरिएको प्रहरीले बताएकाे छ ।
केरौजाबाट काठमाडौ बेच्न लैजादैँ गरेको जडिवुटी प्रहरीले फेला पारेको हो । उनका साथबाट चिराईतो जातको जडिबुटी पाँच बोरा र अल्लो जातको जडिबुटी १४ बोरा बरामद गरिएको अधिकारीले बताए ।
जडीबुटी गाउँका स्थानीहरुबाट संकलन गरी ल्याएको र डिभिजन वन कार्यालय गोरखाबाट कानून अनुसार छुट पुर्जी (अनुमती) समेत नलिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका गुरुङलाई थप अनुसन्धानका लागि आइतबार डिभिजन वन कार्यालय गोरखामा पठाइने प्रहरीले जनाएको छ ।