गाेरखा- नेपाली कांग्रेस, गाेरखाले जिल्लाका ११ वटै पालिकामा ‘घर-घर जाऊ, कांग्रेस जिताऊ’ अभियान सञ्चालन गर्ने भएको छ ।
कांग्रेसले चुनावी अभियानको नारा ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ तय गरेको छ । गाेरखाका लागि नानु बास्ताेला केन्द्रीय प्रतिनिधिका रूपमा जिल्लामा छिन् ।
अभियानको क्रममा पार्टीका एजेण्डा, राष्ट्रिय मुद्दामा पार्टीको अडान, सरकारका उपलब्धि लगायतका विषयमा जनतालाई जानकारी दिने र जनताबाट सुझावसमेत लिने कांग्रेस गाेरखाका प्रवक्ता भगवानबाबु मास्केले जानकारी दिए ।
कांग्रेसले करिब तिन महिना अघिदेखि निर्वाचन लक्षित कार्यक्रम गर्दै आएकाे छ । पछिल्लाे समय जिल्लाकाे अजिरकाेट, सिरानचाेक, गण्डकी गाउँपालिका, पालुङटार नगरपालिका, शहिद लखन गाउँपालिका, भिमसेन थापा गाउँपालिकालगायतका स्थानीय तहमा अभियान सञ्चालन गरिसकेकाे छ ।
जिल्लाका एघार स्थानीय तहमध्ये २०७४ काे स्थानीय तहकाे निर्वाचनमा नाै स्थानमा जित हासिल गरेकाे कांग्रेसले केहि समय अघि निर्वाचित जनप्रतिनिधिसंग पछिल्लाे पाँचबर्षमा गरेका सकारात्मक कामकाे सुचि मागेकाे थियाे ।
जनप्रतिनिले उपलब्ध स्राेत साधन तथा विभिन्न अवस्थाकाे मुल्याङ्कन गरि आगामी स्थानीय तहका लागि टिकट दिने या नदिने टुङ्गाे लगाउने बताएका थिए ।
पछिल्लाे समय निर्वाचन केन्द्रीत अभियानमा आक्रमक देखिएकाे कांग्रेसले ११ वटा स्थानीय जित्ने गरि तयारी गर्न पार्टी पंक्तिलाई निर्देशनसमेत दिएकाे छ ।
कांग्रेस गाेरखामा यूवाहरूकाे लहर चलेकाे भन्दै जिल्ला सभापति नन्द प्रसाद न्याैपानेले एघार वटै स्थानीय तहमा जित्ने उम्मेदवार सिफारिस गर्न र सबैले स्वीकार गर्ने उम्मेदवार छान्न पालिका कमिटिलाई निर्देशन दिएका छन् ।
०७४ काे स्थानीय तहमा कांग्रेसहित १६ वटा राजनीतिक दलले निर्वाचनमा भाग लिएका थिए । तिमध्ये कांग्रेस नाै प्रमुख, सात उपप्रमुख, ४५ वडाअध्यक्ष, ४१ महिला वडा सदस्य, ३९ दलित महिला सदस्य, ८५ वडा सदस्य र दलित सदस्यमा १२ गरि २३८ जनप्रतिनिधि निर्वाचित भएका थिए ।