गाेरखा- स्थानीय तह निर्वाचनमा गाेरखामा २ लाख १८ हजार ५६३ जना मतदाता कायम भएका छन् । महिलाकाे संख्या १ लाख १० हजार ३०३ रहेकाे छ भने पुरूषकाे संख्या १ लाख ८ हजार २६० रहेकाे निर्वाचन आयोगले जनाएकाे छ ।
२०७४ काे स्थानीय तहकाे मतदाता संख्या १ लाख ८९ हजार ४ सय ४८ थिए । आयोगले सार्वजनिक गरेको मतदाता नामावली अनुसार जिल्लाकाे मतदाता संख्या २९ हजार ११५ जना थपिएका छन् ।
आयोगले वैशाख १९ गतेसम्म १८ वर्ष पूरा हुने नागरिकलाई मतदातामा सूचित गरेको छ। यो पटक निर्वाचनमा मतदानस्थल संख्या २१५ रहेको छ। भने, मतदान केन्द्र ३२१ कायम हुनेछन्।
एघार स्थानीय तह रहेकाे गाेरखामा सबैभन्दा बढी मतदाता गाेरखा नगरपालिकामा रहेका छन् । गाेरखा नगरपालिकामा ३५ हजार ३१ जना मदाता रहेका छन् । गत स्थानीय तहकाे निर्वाचनमा गाेरखा नगरकाे जनसंख्या ३० हजार ६ सय २६ मतदाता रहेका थिए । गाेरखा नगरपालिकामा २५ मतदान स्थल र ४६ मतदान स्थल कायम भएकाे छ ।
सबैभन्दा कम मतदाता चुमनुव्री गाउँपालिकामा रहेका छन् । गत स्थानीय तहकाे निर्वाचनमा ४ हजार २ सय ६२ रहेकाेमा ५ हजार २ जना कायम भएका छन् । चुमनुव्रीमा पुरूष मतदाताकाे संख्या २ हजार ५६ रहेका छन् भने महिलाकाे संख्या २ हजार ५५६ कायम भएका छन् । चुमनुव्रीमा २३ मतदान स्थल र ४२ मतदान केन्द्र निर्धारण भएकाे छ ।
अजिरकाेटमा १२ हजार ५९२ मतदाता कायम भएका छन् भने १५ मतदान स्थाल र २० मतदान केन्द्र कायम भएका छन् । यहाँ महिला मतदाताकाे संख्या ६ हजार १९४ छन् भने पुरूष मतदाताकाे संख्या ६ हजार ३९८ छन् ।
गण्डकी गाउँपालिकामा १८ हजार ५८१ मतदाता छन् । मतदान स्थल २० रहेकाे गण्डकीमा मतदान केन्द्र २५ रहेकाे छ । शहिद लखन गाउँपालिकामा २० हजार ८ सय ७९ रहेकाेमा बढेर २३ हजार ६१७ मतदाता कायम भएका छन् । १९ मतादान स्थल रहेकाे गण्डकीमा २५ मतदान केन्द्र कायम भएकाे छ ।
१८ मतदान स्थल र २६ मतखान केन्द्र रहेकाे आरुघाट गाउँपालिकामा १५ हजार ९ सय ७७ मतदाता थिए । पछिल्लाे समय गण्डकीकाे मतदाता बढेर १८ हजार ५३१ मतदाता कायम भएका छन् । धार्चे गाउँपालिकामा ८ हजार ९ सय ७९ मतदाता रहेकाेमा बढेर १० हजार ८८६ कायम भएका छन् ।
पालुङटार नगरपालिकामा ३२ हजार ५९६ मतदाता कायम भएका छन् भने यहाँ २३ मतदान स्थल र ४३ मतदान केन्द्र रहेका छन् । भिमसेन थापा गाउँपालिकामा १८ मतदान स्थल र २४ मतदान केन्द्र रहेकाेमा १९ हजार ७२२ मतदाता कायम भएका छन् ।
२१ हजार ३१८ मतदाता कायम भएकाे सिरानचाेक गाउँपालिकामा २३ मतदान स्थल र ३० मतदान केन्द्र कायम भएका छन् भने बारपाक-सुलिकाेटमा २० हजार ४९२ मतदाता कायम भएका छन् । १९ मतदान स्थल र २९ मतदान केन्द्र बारपाक-सुलिकाेटमा कायम भएका छन् ।
११ वटै स्थानीय तहमा निर्वाचन अधिकृत तोकिए
स्थानीय चुनावका लागि निर्वाचन आयोगले गोरखामा मुख्य निर्वाचन अधिकृत र पालिकाहरुमा निर्वाचन अधिकृत तोकेको छ । चैत २९ देखि लागु हुने गरि निर्वाचन अधिकृत नियुक्त गरिएको छ ।
गोरखा लागि र जिल्लाको मुख्य निर्वाचन अधिकृतको रुपमा जिल्ला न्यायाधिश दिनबन्धु बराललाई जिम्मेवारी तोकिएको छ । पालुङटारका लागि गोकर्णराज पन्त, अजिरकोटका लागि सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारी, आरुघाटका लागि उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयका उप सचिव श्रीधर गौतम, गण्डकीका लागि वन तथा बतावरण मन्त्रालयका उप सचिव बासुदेव रेग्मी, चुमनुब्रीका लागि जिल्ला समन्वय समिति, गोरखाका प्रमुख नानीबाबु पोखरेललाई निर्वाचन अधिकृत तोकिएको छ ।
धार्चेका लागि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उप सचिव निराजकुमार खत्री, शहीदलखनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडाैंका उप सचिव जिबनप्रसाद आचार्य, सिरानचोकमा सर्वोच्च अदालतका इजलास अधिकृत डोलनाथ न्यौपानेलाई निर्वाचन अधिकृत तोकिएको छ ।
बारपाक सुलिकोट गाउँपालिकाका लागि मूख्य मन्त्री तथा मन्त्रि परिषदको कार्यालयका उप सचिव शेषकान्त पौडेललाई तोकिएको छ ।
याे पनि,
स्थानीय निर्वाचनको रौनक : गोरखामा कुन तहमा को बलियो ?
फर्केर हेर्दा स्थानीय निर्वाचन २०७४ : गाेरखाका कुन स्थानीय तहमा कस्तो नतिजा, अब कस्ताे हाेला ?