गोरखा- लायन्स क्लब अफ गोरखा सिटिको बर्ष २०२२/२३ को अध्यक्षमा सन्दिप खत्री चयन भएका छन ।
क्लबको आईतबार बसेको साधारण सभाबाट खत्री अध्यक्षमा चयन भएका हुन् ।
जसकाे प्रथम उपाध्यक्षमा पुष्कल अर्याल, दिर्तिय उपाध्यक्षमा रिक्त बहादुर बानियाँ, तृतीय उपाध्यक्षमा सबिन खत्री, सचिबमा ज्योति कोइराला, कोषाध्यक्ष लायनमा तारा बहादुर थापा चयन भएका छन् ।
क्लबकाे अन्य सदस्यमा अमित खत्री, सनम केसि, कुमार तिवारी, प्रमोद कुश्वाह, रबिन आचार्य चयन भएका हुन ।
क्लबका अध्यक्ष लायन इमान जङ्ग बानियाँको अध्यक्षता र क्लबको सस्थापक अध्यक्ष कर्ण बहादुर गुरुङ्गको प्रमुख आतिथ्यमा भएकाे बार्षिक साधारण सभाले डिलमान गुरुङ्ग र दिपेन मगरलालाई सदस्य थप गरेका छ ।
लायन्स क्लबको अन्तर्राष्ट्रिय नियम अनुसार उक्त नयाँ कार्यसमितिले जुलाइ १ बाट आफ्नो जिम्मेवारी सुरुवात गर्ने क्लबले जनाएकाे छ ।