गाेरखा- बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गाेरखाबाट २३ दलका उम्मेदवारले भाग लिने भएका छन् ।
जिल्लाबाट राष्ट्रिय मान्यताप्राप्त ५ दलसहित सहित १८ वटा दलले आफ्नै चुनाव चिन्हबाट उम्मेदवारी दिन पाउने भएका छन् । २०७४ काे स्थानीय निर्वाचनमा १६ वटा दलले स्थानीय चुनावमा आफ्नै चिन्हमा निर्वाचन लडेका थिए ।
निर्वाचन आयोगले सोमबार गरेको नियमित प्रेस मिटमा राष्ट्रिय मान्यता प्राप्त ५ वटा दलबाहेक निर्वाचन प्रयोजनका लागि विभिन्न जिल्लामा दर्ता भएका साना दलहरूले पनि आफ्नै निर्वाचन चिन्हमा चुनाव लड्न पाउने आयोगको निर्णय र ती दलहरूको संख्याबारे जानकारी गराएको हो ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि ३२१ मतदान केन्द्र र २१५ मतदानस्थल कायम गरेको छ । निर्वाचन प्रयोजनका लागि आयोगले सबै जिल्लामा चैत १६ देखि कल सेन्टर स्थापना गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
राष्ट्रिय मान्यता पाएका ५ दलमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टी रहेका छन् । राष्ट्रिय पार्टीकाे मान्यता नपाएका पार्टीमा मंगोल नेशनल अर्गनाईजेशन, सामाजिक एकता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय नागरिक पार्टी, बिवेकशिल साझा पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल मजदुर किसान पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाली कांग्रेस(विपी), नेपाल सुशासन पार्टी रहेका छन् ।
यस्तै राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेपाल कम्यूनिष्ट पार्टी (माक्र्सवादी, लेनिनवादी) नेपाल परिवार दल, नेपाः राष्ट्रिय पार्टी, नेपाल कम्यूनिष्ट पार्टी (समाजवादी), उन्नत लोकतन्त्र पार्टी र आमूल परिवर्तन मसिहा पार्टी नेपालले निर्वाचनमा उम्मेदवार उठाउन पाउने भएका छन् ।
जिल्लामा मुख्य गरि कांग्रेस, माओवादी केन्द्र, एमाले र जसपाकाे तिव्र अस्तित्वकाे लडाँइ चल्ने छ । २०७४ काे स्थानीय निर्वाचनमा भन्दा फरक चुनावी आंकाडा ल्याउने भन्दै पार्टीलेहरू चुनावी प्रचार-प्रसार गरिरहेका छन् ।