काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले आगामी निर्वाचनमा माओवादी र नेकपा एकीकृत समाजवादीले एक सिट पनि जिते आफू सन्न्यास लिएर वृन्दावन जाने घोषणा गरेका छन् ।
उनले विरोधी पार्टीहरूलाई एक्लाएक्लै एमालेविरुद्ध चुनाव लड्न चुनौती दिए ।
सूर्यविनायकमा आफैंले स्थापना गरेको नेपालकै सबैभन्दा ठूलो तरकारी बजार उद्घाटन समारोहमा प्रसाईं आफ्ना विरोधीहरूमाथि खनिएका थिए ।
उनले भने, ‘अरुको त भन्दिनँ, माओवादी र अर्को एस कि के भन्ने नक्कली पार्टीले नेपालको कुनै पनि निर्वाचन क्षेत्रबाट एक मात्र पनि सिट जिते भने मेरो सम्पूर्ण सम्पत्ति तिनीहरूको इच्छाएको व्यक्तिको नाममा राजीनामा पास गरेर सन्न्यास ग्रहण गरेर वृन्दावन जाने छु । मेरो यही भनाइलाई प्रमाण मानेर दाबी लिए पुग्छ ।’
नेपालको कम्युनिष्टको नाममा रहेका बेइमानी र कुठाराघात गर्ने काम मात्र गर्दै आएको उनको दाबी छ ।