काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दल क्विन्टलको ढक जस्तो भएको बताएका छन्।
बुधबार व्यवसायी दुर्गा प्रसाईंको तरकारी बजार उद्घाटन गर्दै उनले गठबन्धनका दलहरुलाई भने एकएक किलोको ढक जस्तो भएको बताए।
‘मैले भन्ने गरेको छु, यदि एउटा तराजुमा एकएक किलोका पाँचवटा ढक एकातिर राख्नुभयो, अनि क्विन्टलको ढक एकातिर राख्नुभयो भने के हुन्छ, नेकपा एमाले क्विन्टलको ढक जस्तो हो, गठबन्धन भनेका एकएक किलोका ढक जस्तो हो,’ उनले भने।
ओलीले पाँच वटाको गठबन्धनले के गर्छ? भन्दै प्रश्न गरे। एक्लै एमालेसँग लड्न आउने अब नेपालमा कुनै पनि पार्टीले नचिताए हुने ओलीको दाबी छ।
ओलीले आफू हाराहारीको शक्तिसँग लड्न मात्रै उपयुक्त हुने भन्दै गठबन्धनका दलहरुलाई बच्चाहरुको दल भएको बताए। उनले ती दलहरुसँग निहुरिएर लड्नुपर्ने उनको भनाइ थियो।