गाेरखा- सत्तारूढ चारदलको बैठकले आगमाी स्थानीय तहको निर्वाचनमा मिलेर जाने सहमति गरेका छन् । जिल्लाका राष्ट्रिय दलकाे मान्यता पाएका पाँच पार्टीमा नेकपा (एमाले)बाहेकका दलहरूको बैठकले यस्तो निर्णय गरेको हो ।
नेपाली कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय संयन्त्रको निर्णय मान्ने, एक आर्कामा आरोप नगलाउने, मिलेर निर्वाचनमा जाने र २१ गते चैतमा आफ्नो सांगठनिक अवस्था सहितको प्रतिवेदन तयार गरि संयन्त्र बैठकमा पेस गर्ने निर्यण गरेको हो ।
बैठकले कांग्रेस जिल्ला सभापति न्यौपानेको संयोजकमा अन्य चार दलका जिल्ला अध्यक्ष सदस्य रहने गरि चार सदस्यीय संयन्त्र बनाएका छन् । जसको सदस्यमा नेकपा (माओवादी केन्द्र)का गण्डकी प्रदेश सदस्य लेखबहादुर थापामगर, जनता समाजवादी पार्टी (जसपा)का जिल्ला अध्यक्ष यानप्रसाद भट्ट र नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष यादव बस्नेत रहेका छन् ।
सयन्त्रको बैठक २१ चैत्रमा बस्ने निर्णय समेत भएको छ। बैठकमा सहभागि एक नेताका अनुसार चैत्र २१ गते भित्र जिल्लाका एघार वटै स्थानीय तहका प्रमुख र उप्रमुखसहित ९४ वडाका पार्टीगत अवस्थाका आधारमा भागबण्डा लगाउन सक्ने सम्भावना रहेको दावी गरेका छन् ।
एघार स्थानीय तह रहेको गोरखामा कांग्रेसको नेतृत्वमा नौं स्थानीय तह रहेको छ भने माओवादीको दुई स्थानीय तहमा नेतृत्व रहेको छ । सात स्थानीय तहमा उपप्रमुखको नेतृत्व गरेको कांग्रेसले ४५ वडाअध्यक्ष जितेको थियो ।
दुई स्थानीय तहमा प्रमुख जितेको माओवादीले चार स्थानीय तहमा उपप्रमुख जितेको भने ३० वडाअध्यक्ष छन् । ५ वडाअध्यक्ष जितेको जसपाले पालिका प्रमुख तथा उपप्रमुखमा जित हासिल गर्न सकेन । एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादीको पक्षमा तिन वडाअध्यक्षले सो पार्टी रोजेका छन् ।
कांग्रेसका जिल्ला तहका नेता तथा कार्यकर्ताले चार दलिय गठबन्धन आबश्यक नभएको भन्दै चर्चा गर्न थालेका छन् । जसपाका जिल्ला तहका नेताहरूले नै एक्ला एक्लै निर्वाचनमा जानु पर्ने भन्दै समाजिक सञ्जालमा लेख्न थालिसकेका छन् । माओवादी केन्द्रका केहि नेताहरूलेसमेत गठबन्धन आबश्यक नभएको भन्दै एक्ला एक्लै निर्वाचनमा लड्नु पर्ने तर्क राखेका छन् ।
कांग्रेस गोरखालेसमेत जिल्लामा गठबन्धन आबश्यक नभएको तर केन्द्रको निर्णय मान्नुको विकल्प नभएको भन्दै बाध्य भएको तर्क दिन थालेका छन् । कांग्रेसले अन्य तिन पार्टीसंग जिल्लाको करिब १२ सय जनप्रतिनिधिको ७० प्रतिशत हिसा मागेको चर्चा छ । कांग्रेसले माओवादीसंग बारपाक–सुलिकोट, शहिद लखन, अजिरकोट, धार्चे, चुमनुव्रीसहितका स्थानीय तहको प्रमुख मागेको चर्चा छ ।
माओवादीका एक नेताका अनुसार कांग्रेसले आफ्नो अवस्था दयनीय रहेका स्थानीय तहमा मात्रै गठबन्त्रन गर्ने गरि खाका प्रस्तृत गरेको ति नेताले सुनाए । विहिबारको केन्द्रको गठबन्धनको बैठकमा नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिले निर्वाचित भएको स्थानीय तहमा सोहि दललाई दिनु पर्ने तर्क राखेपछि जिल्ला तहका नेताहरू निराश भएका छन् ।
माओवादीका पालिका प्रमुखको दावेदार प्रस्तृत गरिरहेका नेताहरूले एक्ला एक्लै निर्वाचन जाँदा जित आफ्नो पक्षमा पार्न सक्ने तर्कसमेत राख्दै आएका छन् । कांग्रेसको जनआधार विग्रिएको, एमालेको जनआधार खासै राम्रो नभएको र जसपाको जनआधार भनेको पालुङटार मात्रै भएको र त्यहाँ माओवादी पार्टी राम्रो बनेको उनीहरूको तर्क छ ।
पार्टी निकटका नेताले प्रस्तृत गरेको आधार र स्थानीय तहको निर्वाचन बैशाख ३० पछि हुने परिणामले नै जिल्लामा कुन पार्टीको अवस्था कस्तो थियो- आंकलन गर्न सकिन्छ कि ?
याे पनि,
गोरखामा बढ्याे चुनावी सरगर्मी : कार्यालयमा भेटिन्नन् जनप्रतिनिधि !
गाेरखामा २३ राजनीतिक दलले स्थानीय तह निर्वाचनमा भाग लिन पाउने
गाेरखामा २ लाख २० हजार मतदाता : २१५ मतदान स्थल, ३२१ मतदान केन्द्र
स्थानीय निर्वाचनको रौनक : गोरखामा कुन तहमा को बलियो ?
फर्केर हेर्दा स्थानीय निर्वाचन २०७४ : गाेरखाका कुन स्थानीय तहमा कस्तो नतिजा, अब कस्ताे हाेला ?