गाेरखा- नेकपा (क्रान्तीकारी माओवादी)ले नेकपा (माओवादी केन्द्र), गाेरखा नेपाली कांग्रेसकाे मतियार बनेकाे आराेप लगाएकाे छ । क्रान्तीकारी माओवादीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नारायण अधिकारीले माओवादी कांग्रेसकाे मतियार बनेकाे आराेप लगाएका हुन् ।
कांग्रेससहितकाे सतारूढ दल माओवादी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीकाे सयन्त्रकाे बैठकले पाँच दलीय गठबन्धकाे निर्णय मान्ने, जिल्लामा गठबन्धनमा रहेका दलविच एक आर्कामा आराेप नलगाउने सहमति भएपछि अधिकारीले माओवादीलगायतका दल कांग्रेसकाे मतियार बनेकाे आराेप लगाएका हुन् ।
गोरखामा गठबन्धनको बैठक गरेर ‘राजनैतिक सेण्डीकेट’लाई थप मजबुत बनाएर कांग्रेसलाई शीरमा राख्ने काम ति पार्टीहरूले गरेकाे भन्दै उनले चिन्ता प्रकट गरेका छन् ।
‘लामो समय देखि गोरखामा माओवादी राजनैतिक रुपमा हाबी भएको अबस्थामा केही अमुक नेताहरुको सत्ता स्वार्थको कारण रक्षात्मक चरणमा पुगेको पूर्वानुमान गर्न सकिन्छ,’ उनले भनेका छन् ‘नेकपा एमालेले पार्टी संगठनलाई गाउँ टोल हुँदै जिल्लाभर सुदृढ बनाएर आफुलाई शसक्त बनाईरहेको तीतो यथार्थबाट अतालिएर राजनैतिक संस्कार भन्दा निक्कै बाहिर पुगेर कांग्रेसको राजनीतिलाई मलजल गर्ने काम माओवादीलगायतका दलले ग¥याे ।’
जिल्लाकाे समग्र कम्युनिष्ट आन्दोलन नै धव्स्त हुने अवस्था आएकाे भन्दै कम्युनिष्ट आन्दोलन बचाउन सबै एक हुनुपर्ने उनकाे तर्क छ । कम्युनिष्ट आन्दोलन बचाउन अन्य दलसंग मिलेर सशक्त प्रतिराेध गर्ने उनकाे चेतावनीसमेत छ ।
‘गोरखामा क्रियाशिल सत्ताधारी दलहरको गलत निर्णयले गोरखामा समग्र कम्युनिष्ट आन्दोलन नै रक्षात्मक हुन पुगेको अवस्थामा बहुदलिय प्रतिशप्रर्धालाई बन्ध्याकरण गरेको कारण गोरखामा बिद्यमान अन्य मौजुदा राजनैतिक पार्टीहरुसँग मिलेर सशक्त प्रतिरोध गर्ने तयारीमा हामी रहेका छौ’ उनले भनेका छन् ।
उनी भन्छन्- ‘हामीले बिगत देखि नै हरेक क्षेत्रमा देखा पर्दै आएको सिण्डिकेटको बिरोध र भण्डाफोर गर्दै आएका कुरा आम जनसमुदायमा सर्वबिदितै छ। अब सिण्डिकेट राजनीतिमा पनि छिरेको छ । सिण्डिकेटको सबैभन्दा पछिल्लो र बिकृत रुप गोरखामा क्रियाशिल पार्टीहरु मध्येका केहि पार्टीहरु कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा पनि देखा परेको छ।’
माओवादीले गाेरखामा कांग्रेससंग चुनावी तालमेल गर्दा झन् कांग्रेसकाे दबदबा बढ्ने भन्दै उनले कांग्रेसकाे मतियार नबन्न अाग्रह गरेका छन् । उनी भन्छन्- ‘चार दलको निर्णयले गोरखामा कांग्रेसको दबदबा कयौं गुणा बढाएर लैजान सहयोग पुगेको छ। यो निर्णयसंगै माओवादी केन्द्रलगायतका पार्टी कांग्रेसको मतियार हुन पुगेका छन । अब यी चार दलको सिण्डिकेट तोड्नु नै हामी बाँकी क्रियाशिल दलहरूको सामुहिक जिम्मेवारी हो। आ-आफ्नो ठाउँबाट यसको डटेर भण्डाफोर गरौं।’
ठुला दलले साना दलकाे अस्तित्व रक्षा गर्नुपर्ने अवस्था आएकाे तर्क गर्छन् । भन्छन्- ‘ठुला दल गठबन्धन गरे भने अन्य दलकाे अस्तित्व के हाेला । राजनीतिक संस्कार र प्रवृती चाँहि स्थायी तरिकाले विकास गर्न नसक्ने अनि किन गठबन्धन गरिरहने ?
उनी थप्छन्- ‘उनीहरूकाे मुख्य लक्ष्य नै कसरी सत्तामा पुग्ने र कसरी सत्ता कब्जा गर्ने भन्ने ध्यायमा लागेका छन् । जिल्लामा गठबन्धन गर्नु पर्ने ठुला चार दलका लागि आबश्यक हाे जस्ताे मलाई लाग्दैन । यि दलबाट के आशा गर्ने ? यदि सत्ता नै प्राप्त गरे भने उनीहरूकाे गतव्य नै पूरा हन्छ जस्ताे लाग्दैन् ।’
याे पनि,
गाेरखाका चार दलकाे बैठक : केन्द्रकाे निर्णय मान्ने, एक आर्कामा आराेप नलगाउने
गोरखामा बढ्याे चुनावी सरगर्मी : कार्यालयमा भेटिन्नन् जनप्रतिनिधि !
गाेरखामा २३ राजनीतिक दलले स्थानीय तह निर्वाचनमा भाग लिन पाउने
गाेरखामा २ लाख २० हजार मतदाता : २१५ मतदान स्थल, ३२१ मतदान केन्द्र
स्थानीय निर्वाचनको रौनक : गोरखामा कुन तहमा को बलियो ?
फर्केर हेर्दा स्थानीय निर्वाचन २०७४ : गाेरखाका कुन स्थानीय तहमा कस्तो नतिजा, अब कस्ताे हाेला ?